• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

हिमपात नहुँदा भोकमरीको जोखिम

64x64
रासस बुधबार, फागुन १०, २०७९  १९:२५
1140x725

बझाङ– सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँदैछन्। मंसिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य संकट हुने भन्दै चिन्ता व्यक्त गर्छन्। 

जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो। खेतबारी नै हरियाली हुन्थ्यो। बुढा भन्छन्, ‘यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो। खेत गहरा गहुँमय हुन्थे। तोरी पनि रहरलाग्दो हुन्थ्यो। अइलका वर्ष भन्या दशा लाग्या (यस वर्ष भने खराब समय भयो)।’

सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो। ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न किन्न) गर्नुपर्दैथ्यो। यसवर्ष भने आकाश हेर्दा–हेर्दै आएको बादल पनि फाटेर जाने तर, पानी नपर्ने गरेको उनी बताउँछन्। 

‘हाम्रो ठाउँ हिमाल भए पनि उब्जनीका लागि उपत्यकाभन्दा कम थिएन’, बुढा भन्छन्, ‘बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ। हिउँदमा भने आकाशकै भर पर्नुपर्छ। मंसिरको महिनादेखि आकाश हेर्न लागेका हौं। आजको दिनसम्म न पानी, न हिउँ परेको छ।’

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए। ‘हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहार्‍यौं। बिहान बेलुकाको पूजामा हिउँकै वर माग्यौं। कहिलेकाँही आकाशमा बादल देखिन्छ। त्यसैमा फाटेर जान्छ’, बोहरा भन्छन्। 

अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ। ‘गत महिना हिमपात भयो। सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन। पानी पनि पर्‍यो। तर, जमिनको धुलो बसाउने गरी पनि आएन’, बोहोरा भन्छन्। पानी नआउँदा अहिले खडेरी परिरहेको उनले बताए। 

अब बाली उकास्न केही गरे पनि सम्भव नहुने बोहरा बताउँछन्। ‘फागुनको दोस्रो साता भइसक्यो, हिउँ, पानी परेको छैन’, बोहराले भने, ‘अब हिमपात भए पनि बाली उठ्दैन। उम्रेको बाली सबै सुकिसक्यो, कतै जरा जोगिएको बाली मात्रै उठ्ला, नत्र सबै मरिसकेको छ।’ अबको हिमपात वनस्पतिका लागि मात्रै काम लाग्ने उनले बताए। 

योजना जुध्दा बाहिरियो ज्ञान केन्द्र
दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो। ‘कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो’, राजेन्द्रबहादुर बुढाले भने, ‘सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौं। त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो। त्यसपछि मंसिरमा गहुँ छर्‍यौं। अहिले सिँचाइ नहुँदा पहेँलो खरजस्तै भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुई योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनी बताउँछन्। ‘सुदूरपश्चिम प्रदेशले दिएको योजना दुई लाखको हो,’ बुढाले भने, ‘त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिँचाइ पुग्दैन। बाँकी त्यत्तिकै सुक्ने भइहाल्यो। एउटै जिउलोमा दुई योजना दिन कृषिले मानेन।’

उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो। ‘अहिले दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने भएको छ। यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने अवस्था छ’, उनले भने। 

४० क्विन्टल बीउ खेर  
सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यसवर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो। दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ।

‘सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकाशे पानीकै भरमा छ’, उनले भने, ‘नहर बनेका ठाउँमा पनि आकाशे पानी नआएरै सुकेको छ। नहर नलाग्ने ठाउँमा कुरै छोडौं।’ जोशीका अनुसार यसवर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ। ‘डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत नै सुकिसकेको छ। हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेपर्ने देखिन्छ’, उनले भने। 

गतवर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरिएको थियो। त्यसमा एक कठ्ठा हुने ठाउँमा तीन कठ्ठासम्म पनि उत्पादन भएको थियो। ‘गतवर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो’, उनले भने, ‘स्थानीयवासीले त्यति मिठो भएन भने तर उत्पादन भने निकै बढेको थियो।’ खासै बेसाहा (खाद्यान्न किन्न) नपर्ने ठाउँमा यसपटक भोकमरी हुनसक्ने जोशी बताउँछन्। 

जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए। ‘बीचमा आठ/दश वर्ष त कसैले खेती नै गरेनन्। पछिल्लो केही वर्षयता मात्रै खेती गर्न सुरू गरेका थिए। उत्पादन पनि राम्रै भइरहेको थियो। यो वर्ष भने निकै सङ्कट हुने देखिन्छ’, उनले भने, ‘हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ। जडीबुटी पाइँदैन। न खेतीपाती न जडीबुटी भएपछि स्वतः नै भोकमरी हुने भयो’, उनले भने। 

जिल्लाभर ३० प्रतिशत बाली सुक्ने खतरा
यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, ‘तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ। एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकोमा यसवर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ।’

विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ। त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच/सात प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको उनले बताए। 

जिल्लाको हकमा जहिल्यै भोकमरीको अवस्था हुने गरेको उनले बताए। ‘अहिले किनेर खान सक्ने भोकमरीमा परेको भनिँदैन’, विष्टले भने, ‘विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार किनेर खान सक्ने न्यून आयस्रोत भए पनि भोकमरी नभएको मानिन्छ। केही नहुनेहरू मात्रै भोकमरीको सिकारमा परेका हुन्।’ विश्व खाद्यको मापदण्डमा भोकमरीमा परेकालाई खाद्य संस्थानले खाद्यान्न उपलब्ध गराउँदै आएको उनले बताए। 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्