काठमाडौं– करिब ७२ लाख रुपैयाँसहित पटेक हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको सिमलाथाना घर भइ काठमाडौं कुलेश्वरमा माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजयकुमार गुप्ता छन्।
उनको साथबाट नगद र चेक गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले ७१ लाख ८० हजार रुपैयाँ बरामद गरेको छ।
उक्त रकम हुण्डी कारोबारका लागि तयार पारिएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
५७ लाख नगद र १४ लाख ८० हजार रुपैयाँ बराबरको चेक गरी ७१ लाख ८० हजार बरामद भएको हो। उनी यसअघि पनि २०७५ साउन ७ गते २ लाख भारतीय रुपैयाँ र नेपाली रुपैयाँ ३१ लाखसहित पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।