• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिमा महन्थ दौडधुपको अर्थ

64x64
दुर्गा दुलाल बुधबार, फागुन १०, २०७९  २०:४१
1140x725

काठमाडौं- राजनीतिक दलहरुका बीच आगामी पाँच वर्षका लागि नयाँ राष्ट्रपति चयनको सरगर्मी बढेको छ। निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार अन्तिम नामावली समेत प्रकाशन गरिसकेको छ।

शनिबार (फागुन १३) गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका यसअघि नै आयोगले प्रकाशन गरेको थियो। उक्त कार्यतालिका नजिकिँदै गएपछि दलहरुका बीचमा भेटवार्ता बाक्लिएको छ। सत्ता गठबन्धन र बाहिर रहेका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार खडा गर्नका लागि दौडधुप र लबिङ सुरु गरेका छन्। 

सत्ता गठबन्धनभित्र रहेको नेकपा एमालेले पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको मौखिक सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दावी पेस गरेको छ। तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपतिको उम्मेदवार सहमतिको हुनुपर्ने अडान राख्दै आएका छन्। 

उनले राष्ट्रपतिको गरिमा कायम राख्ने व्यक्तिलाई बनाउनुपर्ने भन्दै एमाले उम्मेदवार अझ ओलीको उम्मेदवारलाई अस्वीकार गरिरहेका छन्। त्यस्तै नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफूले चाहेको व्यक्तिलाई बनाउने लबिङ गरिरहेको छ। त्यसकै लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि कांग्रेसले बिहीबारका लागि बोलाएको छ।  अन्य दलहरुले पनि आन्तरिक बैठक गरिरहेका छन्। उनीहरुले कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्न अझै समय भए पनि आन्तरिक रुपमा पार्टीभित्र एकमत हुनका लागि यस्ता छलफल गरिरहेको देखिन्छ। 

महन्थ ठाकुरको सक्रियता किन? 
खासगरी पछिल्ला केही दिनमा लोसपा अध्यक्ष महन्थ ठाकुर आफूलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्दै दौडधुपमा लागेका छन्। केही दिनअघि एमाले अध्यक्ष ओलीसँगको लगातार भेटपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमतिको हुनुपर्ने टिप्पणी गरे। प्रधानमन्त्रीको उक्त टिप्पणी लगत्तै महन्थको सक्रियता भएको देखिन्छ।

राष्ट्रपतिको निर्वाचन मिति निर्वाचन आयोगले तोकेलगत्तै हुने हरेकजसो छलफलमा भित्री रुपमा ठाकुरको नाम आउने गरेको थियो। तर केही दिनदेखि उनी आफैं सक्रिय भएर दलका नेताहरुलाई भेट्न थालेपछि उनको सक्रियतालाई लिएर अनेक टीकाटिप्पणी र आशंका सुरु भएको छ।

प्रतिनिधि सभामा लोसपाले ४ सिट प्राप्त गरेको छ। २०७४ सालको प्रतिनिधि सभामा राष्ट्रिय दल भएको ठाकुरको पार्टी यस पटक राष्ट्रिय दल पनि हुन सकेन। तर ठाकुरले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेर सक्रियता बढाएका छन्। 

यही दौडधुपका क्रममा फागुन ९ गते (मंगलबार) ठाकुरले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा आफूलाई अघि सार्न माग गर्दै लोसपाका नेताहरुसँग प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका थिए। लोसपा नेता शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्लासहितका नेताहरुलाई लिएर ठाकुर प्रधानमन्त्री  निवास पुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री दाहालले उम्मेदवारी दर्ताको लागि अझै ३ दिन बाँकी रहेको र आफू राष्ट्रिय सहमतिको उम्मेदवारको पक्षमा भएकाले सबै दल सहमत भए तयार रहेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डलाई भेटे लगत्तै सोही दिन ठाकुर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे। सत्ता गठबन्धनको एक प्रमुख दल एमाले भएकाले ओलीलाई मनाउन ठाकुर आफ्ना नेतासहित बालकोट पुगेका थिए। 

प्रधानमन्त्री प्रचण्डलाई दिउँसो भेटेका ठाकुर साँझ एमाले अध्यक्ष ओलीकहाँ आफू राष्ट्रपतिको साझा उम्मेदवार हुन चाहेको सन्देश बोकेर पुगेका थिए। भेटमा एमाले अध्यक्ष ओलीले हालसम्म एमालेले कुनै पनि उम्मेदवार तय नगरेको र सत्तारुढ दलभित्र यो विषयमा छलफल गर्ने जानकारी दिए। उनले सरकार निर्माण गर्दा बाहिर रहेको भए पनि लोसपाको उम्मेदवारका विषयमा आफू सधैं सकारात्मक रहेको भन्दै अन्य दलसँग पनि छलफल गर्न आग्रह गरे।

ओलीसँगको भेट सकेर निस्केका महन्थ बुधबार (फागुन १०) गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरे। लोसपाका नेताहरु शरदसिंह भण्डारी, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्लासहित कांग्रेस सभापति देउवालाई भेट्न पुगेका थिए।  

भेटका लागि लोसपाका नेताहरुको समूह देउवा निवास धुम्बाराही पुगेको थियो। भेटमा देउवाले सहमतिका लागि उपयुक्त पात्र ठाकुर भएको बताएको लोसपा नेता भण्डारीले जानकारी दिए।

‘महन्थ ठाकुरजी सहमतिका लागि उपयुक्त पात्र हो। तर हामीले हाम्रो पार्टीभित्र छलफल गरिसकेका छैनौँ। हामी पार्टीमा बसेर छलफल पनि गर्छौं,’ देउवाको भनाइ उद्धृत गर्दै भण्डारीले भने। 

देउवाले अहिलेको परिस्थितिमा कांग्रेसले आधिकारिक हिसाबले ‘फलानो’ उम्मेदवार उठाउने कुरा नभएको स्मरण गराएक थिए। ‘यो नयाँ प्रस्ताव आएको छ। यो प्रस्तावलाई पनि राखेर सहमतिको परिस्थिति बन्यो भने उहाँ पनि एउटा उपयुक्त पात्र हो,’ देउवाको भनाइ थियो।

तीनै नेताहरुले पार्टीको छलफल र निर्णयभन्दा पहिले नै आफूहरुले निर्णय गर्न नमिल्ने भएकाले दलभित्र छलफल गर्ने आश्वासन दिएको भण्डारीले बताए। 

प्रधानमन्त्रीले नै मुलुकमा आर्थिक र राजनीतिक संकट रहेको र राष्ट्रपति सहमतिको आधारमा बनाउनुपर्छ भनिरहेको दोहोर्‍याउँदै भण्डारीले राष्ट्रपतिमा शालिन र भद्र व्यक्ति हुनुपर्ने कुरा आएकाले ठाकुर उपयुक्त पात्र भएको कुरामा सबै दलका शीर्ष नेता सहमत देखिएको उनले बताए। 

‘विगतमा राष्ट्रपतिले जुन खालको क्रियाकलाप गर्नुभयो। त्यसैले अहिले शालिन र भद्र व्यक्तित्व हुनुपर्‍यो। सबैले विश्वास गरेको व्यक्ति हुनुपर्‍यो,’ उनले भने, ‘प्रतिबद्ध मान्छे हुनुपर्‍यो भन्ने खालको चर्चा भइरहेको छ। त्यस आधारमा हाम्रा अध्यक्ष ठाकुरलाई अहिले सहमतिका निम्ति उपयुक्त पात्र हुन सक्नुहुन्छ भन्ने ठहर गरेर भेट गरिरहेका हौँ।’ 

नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म नेपाली कांग्रेसले राष्ट्रपतिमा कसैको नाम अघि नसारेको बताए। उनले बिहीबार बस्ने बैठकले दिने सुझावका आधारमा उम्मेदवार हुने उनको भनाइ थियो। लोसपा अध्यक्ष ठाकुरले सभापति देउवासँग राष्ट्रपतिमा सहयोग गर्न प्रस्ताव गरेको तर उक्त कुराको  निर्णय भोलिकै छलफलपछि तय हुने उनले बताए।

यता लोसपाका नेता केशव झाले भने राष्ट्रिय सहमतिको उम्मेदवारबारे चर्चा भइरहेकाले आफूहरुले उपयुक्त पात्रको रुपमा ठाकुरलाई अघि सारेर दलहरुका नेताहरुसँग आफ्नो कुरा राखेको बताए। एमाले, माओवादी र नेपाली कांग्रेसका शीर्ष नेताहरुले आआफ्नै उम्मेदवार अघि सारेको र त्यसमा सहमति हुने नदेखिएपछि आफूहरुले विकल्पका लागि अध्यक्ष ठाकुरलाई अघि सारेको बताए। 

संवैधानिक कानुनका विज्ञ डा विपिन अधिकारीले भने अहिले चलिरहेको राष्ट्रपतिको चर्चा र दौडधुप नै गलत भएको टिप्पणी गरे। ‘अहिले जसरी तँछाडमछाड गरेर मरिन्छ कि बाचिन्छ जसरी राष्ट्रपतिको विषयमा टुङ्गो लगाउन खोजिँदैछ। यो धेरै नराम्रो कुरा हो,’ उनले भने, ‘किनभने राष्ट्रपतिको पद त्यो रुपमा प्रतिस्पर्धा गराइने पद हैन।’ 

भारतीय कार्डको रुपमा किन हुँदैछ महन्थको चर्चा 
प्रतिनिधि सभाभित्र सानो दलको रुपमा रहेको र सरकार बनाउने वा प्रतिपक्ष दलको कुनै पनि मोर्चामा नभएको लोसपाले किन एक्कासि ठाकुरको नाम अघि सार्‍यो भनी कतिपयले महन्थ ठाकुरको नाममा आशंका गरेका छन्। भारतसँग निकट सम्बन्ध भएको आरोप लाग्ने गरेका ठाकुरलाई त्यही कार्डको रुपमा अघि सारेको टिप्पणी पनि गर्ने गरिएको छ।

राजनीतिक वृत्तमा ठाकुर एकाएक राष्ट्रपतिको लागि दलका शीर्ष नेताहरुको निवासमा पुग्नुले भारतीय पक्षले विकल्पको रुपमा नेपाली कांग्रेसका पूर्व सहकर्मीलाई अघि सारेको रुपमा टिप्पणी भइरहेको छ। तर लोसपा नेता झाले भने उक्त कुरा अस्वीकार गरे। उनले मधेस क्षेत्रको मान्छेले कुनै पदमा चाहना राख्ने वित्तिकै भारतीय पक्षको उम्मेदवार वा लविङ हो कि भनेर आशंका गर्ने पुरानै चलन भएको टिप्पणी उनले गरे। यस पटक आफूहरुले दलहरुले भनेकै राष्ट्रिय सहमतिको उपयुक्त पात्र र लामो समयदेखि राजनीतिमा सक्रिय भएका परिपक्व व्यक्तिलाई अघि सारेकाले भारतको वा अर्को विदेशीको हो कि भनेर आशंका गर्नु गलत भएको उनले बताए। 

महन्थको सम्भावना कति 
राष्ट्रपतिमा पछिल्लो समय सबै दलको चासो देखिएको छ। २०७४ सालमा एमाले अध्यक्ष ओलीले जसरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सत्ताका लागि उपयोग गरे, त्यसले यो पद झन् आकर्षक र आफैंले राख्नुपर्छ भन्ने दलहरुलाई गहिरो प्रभाव परेको छ। नागरिकता विधेयकदेखि प्रतिनिधि सभा विघटनसम्म राष्ट्रपति भण्डारीले ओलीलाई धेरै सहयोग गरेकी थिइन्। आगामी दिनमा पनि सत्ता गठबन्धनको प्रधानमन्त्री ओली हुनसक्ने भएकाले उनले आफूले चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउन खोजेका छन्।

सभामुख र उपसभामुख आफू अनुकुल व्यक्तिलाई बनाउन सफल भएका ओली राष्ट्रपति पनि आफू अनुकुलकै बनाउन सकेमा आफ्ना लागि सरकार चलाउन सहज हुने देखेर लबिङमा रहेका छन्। तर ओलीले अघिल्लो पटक गरेको प्रतिनिधि सभा विघटनलाई हालसम्म स्वीकार नगरेकोदेखि अन्य घटनाका कारण प्रधानमन्त्री दाहाल ओलीको उम्मेदवारप्रति ढुक्क हुन सकेका छैनन्। यस्तोमा ठाकुरको सक्रियता देखिएको भए पनि उनको नाममा सत्तारुढ दलभित्र सहमति हुने भने देखिँदैन।

त्यस्तै आफूलाई प्रतिपक्ष दावी गर्दी आएको नेपाली कांग्रेसले जित्ने अवस्थामा ठाकुरलाई अघि सार्ने देखिँदैन। तर सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार तय भएमा भने लोसपा अध्यक्ष ठाकुरको नाम पनि अघि सार्न सक्ने सम्भावना देखिन्छ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २०:४१
  • #राष्ट्रपतिको–निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
कांग्रेस विवाद : संस्थापनलाई चुनौती दिँदै देउवा समूहले तोक्यो महाधिवेशनको मिति बिहीबार देउवा पक्षको भेलाले ९ बुँदे निर्णयअन्तर्गत १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो। बुधब... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ भोटेकोशी बाढीपछिको नवौं दिनको रिपोर्ट सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्