धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाबाट ९ किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले उपमहानगरपालिकाको वडा नम्बर १४ को एचगाउँ स्याउलेघाटस्थित सीमा इलाकाबाट बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलबारीले रोल्पाको थवांग गाँउपालिका–५ का ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाँउपालिका–१ का ३९ वर्षीया पुनम पुन र ४१ वर्षीय दिलमाया पुनलाई नियन्त्रणमा लिएको बताएको छ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।