काठमाडौं– निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्माको प्रवेश भएको छ।
उनीहरूसँग निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेको हो। यी दुई कलाकारले पहिलो पटक सहकार्य गर्न लागेका हुन्।
यो फिल्ममा यसअघि नै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फाइनल भइसकेका छन्। योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ।
आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धी तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि फाइनल भइसकेका छन्।
मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ। फिल्मलाई काभ्रेमा खिचिनेछ। यो फिल्ममा हिमाल शर्माको लगानी छ।
निर्देशक लामाले भने, ‘मलाई साम्राज्ञी र कर्मासँग पहिलेदेखि नै काम गर्ने रहर थियो। यसपटक भूमिका पनि दुवैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ।’
निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो। यसअघि उनले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।