• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

नेपाल र बंगलादेशबीचको बढ्दो मित्रतामा भारतको भूमिका के छ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  १४:२०
1140x725

काठमाडौं– नेपालले यहाँ उत्पादित ५० मेगावाट बिजुली बंगलादेशलाई दिने सहमति गरेको छ। यसको पुष्टि गर्दै नेपालका ऊर्जा सचिवले भने, ‘आगामी मनसुनदेखि बंगलादेशमा विद्युत् उपलब्ध गराउन भारतीय अधिकारीसँग सहमति भएको छ।’

गत हप्ता राजस्थानको माउन्ट आबुमा भएको नेपाल–भारत ऊर्जा बैठकमा भारतसँग उक्त सम्झौता भएको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बीबीसीलाई बताएका छन्। नेपाल र भारतका ऊर्जा सचिवबीच गत शनिबार संयुक्त कार्यदल र संयुक्त निर्देशन समितिको बैठक बसेको थियो।

सचिवस्तरीय उक्त बैठकमा नेपालको नेतृत्व घिमिरे र भारतको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले गरेका थिए।

सम्झौतामा के सहमति भयो? 
सचिवस्तरीय उक्त बैठकमा अन्तर्राष्ट्रिय पूर्वाधार विकास लगायतका विषयमा सहमति भएको घिमिरेले बताए। तीमध्ये पनि सबैभन्दा महत्वपूर्ण भनेको नेपालले भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने सम्झौता रहेको नेपाली पक्षले बताएको छ। 

‘नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा निकै राम्रो प्रगति भएको छ। हामीले पहिलेदेखि नै यो मुद्दा उठाउँदै आएका थियौं। यो वर्ष भारतले आयोजना चलिरहेको आयोजनाबाट बिजुली पठाइन्छ कि, पठाइँदैन हामी हेर्छौं भन्यो,’ घिमिरेले भने,  ‘भारतीय लगानीमा सञ्चालित ५२ मेगावाटको लिखु–४ आयोजनाबाट विद्युत् पठाउनेछौं, त्यसका लागि वातावरण तयार पार्नेछौं।’

बंग्लादेश विद्युत् निर्यात गर्न भारतबाट कसरी सहयोग मिल्छ?
नेपाल र भारतका केन्द्रीय विद्युत् नियामक निकायबाट स्वीकृति लिएर अन्य कागजी कार्य र प्राविधिक कुरा मिलाएर अब भारतको पूर्वाधार (प्रशारण लाइन) मार्फत् बंगलादेशमा विद्युत् पठाउन सकिने सचिव घिमिरेले बताए। घिमिरेले यो निकै राम्रो र सकारात्मक कुरा भएको पनि बताएका छन्।

भारतको विद्युत् नियामक निकायबाट स्वीकृति लिने प्रक्रिया धेरै जटिल नभएकोले छिट्टै हुनेमा घिमिरेले विश्वास व्यक्त गरेका छन्। उनले थपे, ‘अनुमतिको समस्या लगभग समाधान भइसकेको छ।’ अर्थात् अब आउँदो मनसुनबाट नेपालबाट बंगलादेशमा विद्युत् पठाउने काम सुरु हुने पक्का भएको छ।

नेपाल–भारतबीच अहिले एउटा मात्र अन्तर्राष्ट्रिय प्रसारण लाइन रहेकोले दुई देशले आगामी दिनमा दुईवटा नयाँ प्रसारण लाइनको ‘निर्दिष्ट मितिभित्र सम्पन्न गर्न’ गरी सहमति भएको सचिव घिमिरेले बताएका छन्। सचिव घिमिरेले यसलाई ‘ऊर्जा बैठकको अर्को महत्वपूर्ण उपलब्धि’ रहेको बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा के–के विषयमा सहमति भयो?
१. ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन मार्फत आयात–निर्यात विद्युत क्षमतालाई ६०० मेगावाटबाट ८०० मेगावाटमा वृद्धि गर्ने। 

२. अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निकासीका लागि निर्माणाधीन ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमा अन्य क्षेत्रबाट हुने विद्युत् आदान–प्रदानको अध्ययन गर्न संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने। 

३. नेपालमा रहेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्ने नेपालको प्रस्तावप्रति भारत सकारात्मक। 

४. टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत् आयात निर्यात गर्ने सम्झौता भएको छ। र २०० मेगावाटसम्मको विद्युत् निर्यातको अध्ययन गर्न संयुक्त प्राविधिक टोली परिचालन गर्ने।

५.विद्यमान १३२ केभी र सोभन्दा कम क्षमताको प्रसारण लाइनमार्फत् वर्षायाममा नेपालबाट बिहारमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र निर्माण गर्ने।

६.दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको भारतीय खण्डको निर्माण सन् २०२५ मार्च सम्ममा सम्पन्न गर्ने सम्झौता। 

७. नेपाल–भारत, इनरुवा–पूर्णिया र लम्बी–दोधारा–बरेली ४०० केभी क्षमताका थप दुई अन्तर्राष्ट्रिय प्रसारण लाइन २०२७–२८ र अथवा २०२८–२९ सम्ममा सम्पन्न गर्ने।

यस्तै, नेपालले बंगलादेशलाई ५० मेगावाट विद्युत् निकासीका लागि विशेष परियोजनाको प्रस्ताव गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशिका अनुसार भारतले स्वीकृत गर्नेमा पनि सहमति भएको छ। 

विज्ञहरुको राय के छ?
नेपाल स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष मोहनकुमार डाँगीले बंगलादेशमा बिजुली निर्यात गर्ने सम्झौतालाई ‘अन्धकार रातमा एक  आशाको किरण’ भनेका छन्।

‘पछिल्लो वर्षामा करिब दुई अर्ब रुपैयाँको विद्युत खेर गएको थियो,’ डाँगीले भने, ‘यस्तो सहमतिले नेपालका लागि कालो रातमा आशाको किरण जस्तै देखिन्छ।’ उनले यो सम्झौतामा नेपालको मात्र प्रयास नभएर बंगलादेशको ‘सफल कूटनीतिक पहल’ पनि महत्वपूर्ण रहेको बताएका छन्। 

यस्तै, नेपालका पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मीले भने, ‘एउटा सकारात्मक कुरा भनेको भारतले आयोजनाको नामकरण गरेर विद्युत निर्यात गर्न सहमत हुनु हो।’

रेग्मीले थपे, ‘यो त सुरुवात मात्र हो, ५० मेगावाट ठूलो कुरा हो, यो कार्यान्वयन भयो भने थप ढोका खोलेर हेर्नुपर्यो। त्यो बाटो मात्र हो। र हामी जानु पर्ने पनि त्यतै हो।’

बंगलादेश के भन्छ?
पछिल्लो साता भारत र बंगलादेशका विदेश सचिवबीच भएको भेटमा बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले सञ्चारमाध्यमलाई भारतले आफ्नो भूमिबाट भुटान र नेपालबाट विद्युत् आयात गर्न सहमत भएको बताएका थिए। उनले भनेका थिए, ‘भारतले आफ्नो भूमिबाट नेपाल र भुटानबाट जलविद्युत् आयात गर्ने आश्वासन दिएको छ।’

बंगलादेशको अंग्रेजी अखबार डेली स्टारले गत बुधबार लेखेको थियो, ‘परराष्ट्र सचिव मसुद बिन मोमेनले नेपाल र भुटानबाट भारत हुँदै जलविद्युत् आयात गर्न बंगलादेशलाई भारतले सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए।’

सोही अखबारका अनुसार बंगलादेश भित्रको प्रसारण लाइनसँग सम्बन्धित व्यावहारिक मुद्दाहरू पनि छलफल भएको जनाएको छ।
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा गत साता नेपालको भ्रमण सकेर बंगलादेश पुगेका थिए। 

क्वात्रासँग भेटपछि बंगलादेशका विदेश सचिवले यसबारे सञ्चारकर्मीलाई जानकारी दिँदै क्वात्रासँग नेपाल र भुटानबाट विद्युत् आयात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताएका हुन्।
 
करिब ६ महिनाअघि नेपाल र बंगलादेशले कम्तीमा ५० मेगावाट विद्युत् आयात–निर्यातका लागि भारतीय भूमि र पूर्वाधार प्रयोग गर्न आग्रह गरेको थियो। 
(अनुवाद बीबीसी हिन्दीबाट)

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्... बुधबार, भदौ १७, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपम... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्