• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

नेपाल र बंगलादेशबीचको बढ्दो मित्रतामा भारतको भूमिका के छ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  १४:२०
1140x725

काठमाडौं– नेपालले यहाँ उत्पादित ५० मेगावाट बिजुली बंगलादेशलाई दिने सहमति गरेको छ। यसको पुष्टि गर्दै नेपालका ऊर्जा सचिवले भने, ‘आगामी मनसुनदेखि बंगलादेशमा विद्युत् उपलब्ध गराउन भारतीय अधिकारीसँग सहमति भएको छ।’

गत हप्ता राजस्थानको माउन्ट आबुमा भएको नेपाल–भारत ऊर्जा बैठकमा भारतसँग उक्त सम्झौता भएको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बीबीसीलाई बताएका छन्। नेपाल र भारतका ऊर्जा सचिवबीच गत शनिबार संयुक्त कार्यदल र संयुक्त निर्देशन समितिको बैठक बसेको थियो।

सचिवस्तरीय उक्त बैठकमा नेपालको नेतृत्व घिमिरे र भारतको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव आलोक कुमारले गरेका थिए।

सम्झौतामा के सहमति भयो? 
सचिवस्तरीय उक्त बैठकमा अन्तर्राष्ट्रिय पूर्वाधार विकास लगायतका विषयमा सहमति भएको घिमिरेले बताए। तीमध्ये पनि सबैभन्दा महत्वपूर्ण भनेको नेपालले भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने सम्झौता रहेको नेपाली पक्षले बताएको छ। 

‘नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा निकै राम्रो प्रगति भएको छ। हामीले पहिलेदेखि नै यो मुद्दा उठाउँदै आएका थियौं। यो वर्ष भारतले आयोजना चलिरहेको आयोजनाबाट बिजुली पठाइन्छ कि, पठाइँदैन हामी हेर्छौं भन्यो,’ घिमिरेले भने,  ‘भारतीय लगानीमा सञ्चालित ५२ मेगावाटको लिखु–४ आयोजनाबाट विद्युत् पठाउनेछौं, त्यसका लागि वातावरण तयार पार्नेछौं।’

बंग्लादेश विद्युत् निर्यात गर्न भारतबाट कसरी सहयोग मिल्छ?
नेपाल र भारतका केन्द्रीय विद्युत् नियामक निकायबाट स्वीकृति लिएर अन्य कागजी कार्य र प्राविधिक कुरा मिलाएर अब भारतको पूर्वाधार (प्रशारण लाइन) मार्फत् बंगलादेशमा विद्युत् पठाउन सकिने सचिव घिमिरेले बताए। घिमिरेले यो निकै राम्रो र सकारात्मक कुरा भएको पनि बताएका छन्।

भारतको विद्युत् नियामक निकायबाट स्वीकृति लिने प्रक्रिया धेरै जटिल नभएकोले छिट्टै हुनेमा घिमिरेले विश्वास व्यक्त गरेका छन्। उनले थपे, ‘अनुमतिको समस्या लगभग समाधान भइसकेको छ।’ अर्थात् अब आउँदो मनसुनबाट नेपालबाट बंगलादेशमा विद्युत् पठाउने काम सुरु हुने पक्का भएको छ।

नेपाल–भारतबीच अहिले एउटा मात्र अन्तर्राष्ट्रिय प्रसारण लाइन रहेकोले दुई देशले आगामी दिनमा दुईवटा नयाँ प्रसारण लाइनको ‘निर्दिष्ट मितिभित्र सम्पन्न गर्न’ गरी सहमति भएको सचिव घिमिरेले बताएका छन्। सचिव घिमिरेले यसलाई ‘ऊर्जा बैठकको अर्को महत्वपूर्ण उपलब्धि’ रहेको बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बैठकमा के–के विषयमा सहमति भयो?
१. ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन मार्फत आयात–निर्यात विद्युत क्षमतालाई ६०० मेगावाटबाट ८०० मेगावाटमा वृद्धि गर्ने। 

२. अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निकासीका लागि निर्माणाधीन ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनमा अन्य क्षेत्रबाट हुने विद्युत् आदान–प्रदानको अध्ययन गर्न संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने। 

३. नेपालमा रहेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्ने नेपालको प्रस्तावप्रति भारत सकारात्मक। 

४. टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत् आयात निर्यात गर्ने सम्झौता भएको छ। र २०० मेगावाटसम्मको विद्युत् निर्यातको अध्ययन गर्न संयुक्त प्राविधिक टोली परिचालन गर्ने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५.विद्यमान १३२ केभी र सोभन्दा कम क्षमताको प्रसारण लाइनमार्फत् वर्षायाममा नेपालबाट बिहारमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र निर्माण गर्ने।

६.दोस्रो अन्तरदेशीय बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको भारतीय खण्डको निर्माण सन् २०२५ मार्च सम्ममा सम्पन्न गर्ने सम्झौता। 

७. नेपाल–भारत, इनरुवा–पूर्णिया र लम्बी–दोधारा–बरेली ४०० केभी क्षमताका थप दुई अन्तर्राष्ट्रिय प्रसारण लाइन २०२७–२८ र अथवा २०२८–२९ सम्ममा सम्पन्न गर्ने।

यस्तै, नेपालले बंगलादेशलाई ५० मेगावाट विद्युत् निकासीका लागि विशेष परियोजनाको प्रस्ताव गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशिका अनुसार भारतले स्वीकृत गर्नेमा पनि सहमति भएको छ। 

विज्ञहरुको राय के छ?
नेपाल स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष मोहनकुमार डाँगीले बंगलादेशमा बिजुली निर्यात गर्ने सम्झौतालाई ‘अन्धकार रातमा एक  आशाको किरण’ भनेका छन्।

‘पछिल्लो वर्षामा करिब दुई अर्ब रुपैयाँको विद्युत खेर गएको थियो,’ डाँगीले भने, ‘यस्तो सहमतिले नेपालका लागि कालो रातमा आशाको किरण जस्तै देखिन्छ।’ उनले यो सम्झौतामा नेपालको मात्र प्रयास नभएर बंगलादेशको ‘सफल कूटनीतिक पहल’ पनि महत्वपूर्ण रहेको बताएका छन्। 

यस्तै, नेपालका पूर्व जलस्रोत सचिव शीतलबाबु रेग्मीले भने, ‘एउटा सकारात्मक कुरा भनेको भारतले आयोजनाको नामकरण गरेर विद्युत निर्यात गर्न सहमत हुनु हो।’

रेग्मीले थपे, ‘यो त सुरुवात मात्र हो, ५० मेगावाट ठूलो कुरा हो, यो कार्यान्वयन भयो भने थप ढोका खोलेर हेर्नुपर्यो। त्यो बाटो मात्र हो। र हामी जानु पर्ने पनि त्यतै हो।’

बंगलादेश के भन्छ?
पछिल्लो साता भारत र बंगलादेशका विदेश सचिवबीच भएको भेटमा बंगलादेशका परराष्ट्र सचिव मसुद बिन मोमेनले सञ्चारमाध्यमलाई भारतले आफ्नो भूमिबाट भुटान र नेपालबाट विद्युत् आयात गर्न सहमत भएको बताएका थिए। उनले भनेका थिए, ‘भारतले आफ्नो भूमिबाट नेपाल र भुटानबाट जलविद्युत् आयात गर्ने आश्वासन दिएको छ।’

बंगलादेशको अंग्रेजी अखबार डेली स्टारले गत बुधबार लेखेको थियो, ‘परराष्ट्र सचिव मसुद बिन मोमेनले नेपाल र भुटानबाट भारत हुँदै जलविद्युत् आयात गर्न बंगलादेशलाई भारतले सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए।’

सोही अखबारका अनुसार बंगलादेश भित्रको प्रसारण लाइनसँग सम्बन्धित व्यावहारिक मुद्दाहरू पनि छलफल भएको जनाएको छ।
भारतीय विदेश सचिव विनय मोहन क्वात्रा गत साता नेपालको भ्रमण सकेर बंगलादेश पुगेका थिए। 

क्वात्रासँग भेटपछि बंगलादेशका विदेश सचिवले यसबारे सञ्चारकर्मीलाई जानकारी दिँदै क्वात्रासँग नेपाल र भुटानबाट विद्युत् आयात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताएका हुन्।
 
करिब ६ महिनाअघि नेपाल र बंगलादेशले कम्तीमा ५० मेगावाट विद्युत् आयात–निर्यातका लागि भारतीय भूमि र पूर्वाधार प्रयोग गर्न आग्रह गरेको थियो। 
(अनुवाद बीबीसी हिन्दीबाट)

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्