काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । ब्रेक फेल भएर गाडी सडकको बायाँ तर्फ ठोक्किएको हो । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा उत्तर प्रदेश घर भएका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जीतेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह छन् ।
काठमाडौँबाट हेटौँडा जाँदै गरेको यूपी ७० एनटि ६९१७ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।