काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएको भन्दै पक्राउ परेका राप्रपाका युवा नेता तथा युवक संगठनका स्दस्य सचिव निराजन बम रिहाइ भएका छन्।
आइतबार साँझ मकवानपुर जिल्ला प्रशासन कार्यालयमा दुईपक्षीय छलफलपछि उनी रिहाइ भएका हुन्।
भरतपुर विमानस्थलबाट आज दिउँसो पक्राउ गरि हेटौंडा ल्याइएका उनलाई केहिबेर अघि मकवानपुर प्रहरीले रिहा गरेको हो।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले युवा नेता निराजन बमको रिहाइ माग गर्दै सिनामंगलमा मसाल जुलुस प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।