काठमाडौं– सरकारले बीपी राजमार्गको नेपालथोकदेखि बाख्रेखोला खण्ड पुनर्निर्माण गर्न ठेक्का आह्वान गरेको छ।
सडक विभागले आज बुधबार उक्त खण्डको ठेक्का आह्वान गरेको हो।
गत असोजमा आएको बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीक सडक सुरक्षा तथा स्तरोन्नति गर्न ठेक्का आह्वान भएको विभागले जनाएको छ। यो खण्ड विस्तारमा ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।
सरकारले बीपी राजमार्गको सबै खण्डको यसै साता ठेक्का आह्वान गरिसक्ने तयारी गरेको छ। विभागका महानिर्देशक रामहरि पोखरेलले यो साता सबै खण्डको ठेक्का निकालिने जानकारी दिए।
अर्थ मन्त्रालयले यो राजमार्गको पुनर्निर्माणका लागि साढे ८ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेसँगै विभागले अहिले धमाधम ठेक्का लगाउन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।