काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्डसँग खेलमा नेपालले पहिलो विकेट लिएको छ।
नेपालका सन्दीप लामिछानेले स्कटल्याण्डका काइल कोट्जरलाई एलबीडब्लू धरापमा पारे। ७.५ ओभरको स्थितिमा कोट्जर २२ रन बनाएर आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।