काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (मंगलबार) स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेको हो।
नेपालले आफ्नो टोलीमा १ जना खेलाडी परिवर्तन गरेको छ। गत शनिबार नामिबियासँगको खेलमा प्लेइङ ११ मा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ। ललित राजवंशी प्लेइङ ११ मा परेका छन्।
यसअघि शुक्रबार स्कटल्याण्डसँगको खेलमा ललितलाई बेञ्चमा राखेर गुलशनलाई प्लेइङ ११ मा राखिएको थियो।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल काकी, करन केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, कुशल मल्ल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।