काठमाडौं– पाकिस्तानी दूतावसको आयोजनामा हुने आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रिपूर्ण टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ।
पाकिस्तानी दूतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो। सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावन खेलाडीले मौका पाउने गरेको बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबमा युवा खेलाडीले खेल्ने गरे पनि दूतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताए।
खड्काले पाकिस्तानी दूतावासमा रहेको मैदान नेपालमा भएको मैदानमध्येको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दूतावासमा अवस्थित मैदानलाई पूर्ण रुपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गरे।
प्रतियोगितामा कूल १२ टोलीले प्रतिष्पर्धा गर्नेछन्। नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ।
प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र दूतावासका उपराजदुत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ। दूतावासले सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ। चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।