• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जन्म मितिको विवादमा तानिए डीआईजी सिंह, किताबखानासँग मागियो फाइल

64x64
नारायण अधिकारी सोमबार, फागुन ८, २०७९  १६:०९
1140x725

काठमाडौं– प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंह जन्म मितिको विवादमा तानिएका छन्। फरक–फरक जन्म मिति भएको पाइएपछि सिंह विवादमा तानिएका हुन्।

काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले डीआईजी सिंहको फरक–फरक जन्म मिति रहेको पाइएको, शैक्षिक प्रमाणपत्रसमेत नक्कली बनाएको लगायतको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। उक्त उजुरीपछि छानबिनको क्रममा डीआईजी सिंहको जन्म मिति नै फरक–फरक रहेको पाइएको छ।

उजुरीपछि छानबिनको क्रममा डीआईजी सिंहको २०४२ जेठ २२ गते कैलालीबाट जारी भएको एउटा नागरिकताको प्रतिलिपिसमेत फेला परेको छ। उक्त नागरिकता प्रमाणपत्रमा नागरिकता जारी भएको बेला सिंह १८ वर्ष उमेर पूरा भएको उल्लेख छ।

नागरिकतालगायतका प्रमाणपत्रमा जन्म मितिको विवरणमा वर्ष मात्रै उल्लेख भएको अवस्थामा जारी भएको मितिलाई नै जन्म भएको मिति तथा महिना र गते कायम हुने भनेर प्रहरी निमायवली २०७१ को दफा १२७ का उपदफाहरुमा प्रष्ट रुपमा उल्लेख गरिएको छ।

जसअनुसार सिंह २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको भन्ने उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते नै हुन्छ। यसरी फरक–फरक जन्म मिति पाइएपछि उनीविरुद्धको छानबिनलाई अघि बढाइएको छ।

उजुरी परेको पुष्टि गरे पनि अहिले छानबिनकै क्रममा रहेको भन्दै अख्तियारले यस विषयमा केही नबताउने जनाएको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपाल लाइभसँग भने, ‘यो अनुसन्धानकै विषय भएकाले अहिले नै आधिकारिक रुपमा केही बोल्न मिल्दैन।’

योसँगै डीआईजी सिंहले पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रसमेत नक्कली रहेका दाबी गर्दै उजुरी हालिएको थियो। सिंह आफूले पढ्दै नपढेको भारतीय कलेजबाट नक्कली सर्टिफिकेट ल्याएर प्रहरी सेवामा प्रवेश गरेको दाबी गरिएको छ।

कसरी भयो सिंहको इन्सपेक्टरमा इन्ट्री ?
डीआईजी सिंहको सेवा प्रवेस नै कसरी भयो भन्ने विषय अहिले पेचिलो बनेको छ। कैलालीको साविक निगाली गाविस वडा नम्बर ९ ठेगाना राखेर जारी भएको नागरिकतको प्रमाणपत्र अनुसार प्रहरी निरीक्षकमा भर्ना खुलेको बेला उनी २६ वर्ष भइसकेका हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर प्रहरी नियमावली अनुसार २५ वर्ष नाघेको व्यक्तिले आवेदन नै दिन पाँउदैनन्। २०५० मंसिरमा प्रहरी निरीक्षकको आवेदन दिँदा उनी २६ वर्ष ६ महिना भइसकेका हुन्छन्। तर उनको सिटरोल अनुसार सिंहको जन्म मिति भने २०२५ पुस १६ गते उल्लेख छ। उक्त मिति अनुसार भने सिंह इन्सपेक्टरमा आवेदन दिने बेलामा २४ वर्ष ११ महिनाका हुन्छन्। जसअनुसार भने उनी आवेदनका लागि योग्य मानिन्छन्।

dig shingha nagarikta-11676889472.jpg

सिंहको नागरिकताको प्रमाणपत्र

सिटरोलमा एउटा जन्म मिति र नागरिकतामा अर्को फरक जन्म मिति भएपछि भने उनको प्रहरी सेवा प्रवेश नै कसरी भयो भन्ने प्रश्न उठेको छ। यसबारेमा समेत अनुसन्धान गर्न भन्दै उजुरी परेको छ। 

जन्म मितिबारे के भन्छ प्रहरी नियमावली ?
जन्म मितिका बारेमा प्रहरी नियमावली २०७१ मा प्रष्ट रुपमा उल्लेख गरिएको छ। निमायवलीको परिच्छेद ११ मा अवकाश, उपदान र निवृतिभरणको बारेमा उल्लेख गरिएको छ। यही परिच्छेदमा जन्म मितिका बारेमासमेत प्रष्ट पारिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख गरिएकाले नागरिकता जारी भएको जन्म मिति तथा महिना र गते मान्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ। जसअनुसार उनको जन्म मिति २०२४ जेठ २२ गते हुन्छ।

अर्कोतर्फ सेवामा प्रवेश गर्दा पेस गरिएका कागजातमा फरक–फरक जन्म मिति भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिलाई जन्म मिति मान्नुपर्ने उल्लेख नियमावलीमा छ।

कुनै प्रमाण पत्रमा वर्ष मात्रै उल्लेख भएको तर अर्को प्रमाणपत्रमा पूरा जन्म मिति भएको अवस्थामा कुन मान्य हुने भन्नेबारे पनि नियमावलीमा खुलाइएको छ। यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको भएमा पूरा जन्म मिति उल्लेख भएको प्रमाणपत्रलाई आधिकारिक मानिने उल्लेख गरिएको। तर जन्म मितिको अन्तर एक वर्षभन्दा बढीको देखिएमा वर्षमात्रै उल्लेख भएको प्रमाणपत्र अनुसार उमेर गणना हुने उल्लेख गरिएको छ।

police niyamawali1676881543.png
प्रहरी नियमावलीको व्यवस्था

तर सिंहको वर्षमात्रै उल्लेख भएको र पूरा विवरण उल्लेख भएको प्रमाणपत्रको विवरण पनि एक वर्षभन्दा बढी फरकको देखिन्छ। सिट रोलमा उल्लेख भएको २०५१ चैत ५ गतेको जन्म मिति र नागरिकतामा भएको २०२४ जेठ २२ गतेको जन्म मितिको अन्तर १ वर्ष ६ महिना २४ दिनको हुन्छ। जसअनुसार पनि सिट रोलमा उल्लेख भएअनुसारको जन्म मितिलाई आधिकारिक आधार मान्न सक्ने अवस्था छैन।

नागरिकताको जन्म मिति अनुसार एसएसपीमै रिटायर्ड!
सिंहको २०४२ मा जारी भएको नागरिकताको विवरण अनुसार उनी एसएसपी मै अवकाश जाने देखिन्छ। प्रहरी नियमावली अनुसार एसपी र एसएसपीहरु ५५ वर्ष उमेतर पूरा भएपछि अनिवार्य अवकाशमा जाने उल्लेख गरिएको छ। सिंह गत असारमा मात्रै एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए। 

तर नागरिकताको विवरण अनुसार त्यतिबेला उनी ५५ वर्ष नाघिसकेका थिए। नागरिकताको विवरण अुनसार उनी गत जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका थिए। उक्त विवरण अनुसार अवकाशमा गइसकेका सिंहलाई बढुवा गरेर डीआईजी बनाएको देखिन्छ।

किताबखानासँग कागजात माग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई बोधार्थ दिँदै अख्तियारमा उजुरी हालेपछि सिंहमाथिको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनको प्रहरी सेवामा कसरी प्रवेश भयो? कागजातहरु तथा शैक्षिक योग्यताका प्रमाणहरुलगायतको बारेमा अनुसन्धान अघि बढाइएको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार डीआईजी सिंहको सम्पूर्ण कागजाताहरु प्रहरी किताबखानासँगसमेत माग गरिएको छ। प्रहरी कर्मचारीको सम्पूर्ण विवरण तथा रेकर्ड लैनचौरस्थित प्रहरी किताबखानासँग हुन्छ। किताबखानासँग कागजात मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

तर यसबारे प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा केही बोलेको छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले भने नेपाल लाइभसँग भने, ‘यस विषयमा हामीलाई कुनै जानकारी छैन।’ डीआईजी सिंहमाथि अनुसन्धान अघि बढेको हो भन्ने प्रश्नमा पनि प्रवक्ता पोखरेलले आफूलाई कुनै जानकारी नै नभएको बताए।

यस प्रकरणमा डीआईजी सिंहको  प्रतिक्रिया लिन उनीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्