काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (सोमबार) स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
जारी त्रिकोणात्मक सिरिजमा नामिबिया पहिलो जितको खोजीमा छ। यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको नामिबिया स्कटल्याण्डलाई हराएर नेपाल भ्रमणको सुखद् अन्त्य गर्ने पक्षमा छ।
नामिबियाले नेपालसँगका २ वटै खेलमा पराजय भोग्यो। यस्तै, स्कटल्याण्डसँगको यसअघि खेलमा पनि १० विकेटले पराजित भएको थियो।
स्कटल्याण्ड पनि नामिबियालाई हराएर पुनारगमनको प्रायसमा हुनेछ। जारी सिरिजमा २ वटा खेल खेलेको स्कटल्याण्डले नामिबियासँग जित र नेपालसँग हार बेहोरेको छ।
यसअघि नै लिग २ विजेता बनिसकेको स्कटल्याण्ड ३४ खेलबाट ४८ अंकका साथ शीर्ष स्थानमा छ। नामिबियाको ३३ खेलबाट ३७ अंक छ। सोमबारको खेलमा नामिबियाले अंक गुमाएमा त्यसको फाइदा नेपाललाई हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।