एजेन्सी– रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो। त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर-नाभिगेसन भागमा खसेको बताइएको छ।
उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो जसले अन्तरिक्ष स्टेशनलाई २.५ टनभन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।