काठमाडौं- एभरेष्ट बैंक र क्विक फक्स कन्सल्टिङबचीच रोबोटिक प्रोसेस अटोमेसन सम्बन्धी सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर भएको छ।
बैंकले आफ्नो विभिन्न बैंकिङ सेवा प्रदान गर्ने कायलाई अटोमेसन गर्नका लागि क्विक फक्स कन्सल्टिङसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु गरेको छ।
एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेसनको यात्रा सुरु गरेको हो।
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रिया दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधन समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपका कारणले गर्दा कतिपय कार्य समेत ढिलो र त्रुटीपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेसनको यात्रा तय गरेको हो।
बैंकमा हालसम्म १३ लाख भन्दा बढी ग्राहक रहेका छन्। साथै, देशैभरी छरिएर रहेका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएमहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।