काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ।
अध्यक्ष ओलीलाई भेट्न राजदूत सङ शुक्रबार बेलुका ओली निवास बालकोट पुगेका थिए।
उनीहरूबीच दुई देशबीचको सम्बन्ध र मित्रताकाका साथै द्विपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।