काठमाडौं– लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्स्टेन्सन काउन्टर कास्कीको पोखरा महानगरपालि–११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको–१७ स्थित हिमालय आँखा अस्पतालमा स्थापना भएका छन्।
यी एक्स्टेन्सन काउन्टरहरुको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ।
यससँगै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।