• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कमोडिटी मार्केटको नाममा ६ अर्बको अवैध कारोबार, साढे ३ अर्ब ठगी

मेक्स नेपालका सीईओसहित ४१ जनाविरुद्ध मुद्दा
64x64
नारायण अधिकारी बिहीबार, फागुन ४, २०७९  १८:३८
1140x725

काठमाडौं– कमोडिटी मार्केटमा लगानी गरे पर्याप्त मुनाफा आर्जन गर्न सकिने भन्दै १२ हजार २५९ जनाबाट करिब साढे ३ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले २ महिना लगाएर गरेको लामो अनुसन्धानपछि कमोडिटी मार्केटको नाममा अर्बौं ठगी भएको रहस्य खुलेको हो। 

सेयर मार्केट जस्तै कमोडिटी मार्केटमा लगानी गर्दा नाफा हुने भन्दै विभिन्न प्रलोभन देखाएर काठमाडौं उपत्यकामा ठगी धन्दा भइरहेको भन्ने सूचनाका आधारमा अपरेशन चलाएर परिसरको टोलीले केही व्यक्तिलाई पक्राउ गरेको थियो।

जस क्रममा ४१ जनाको गिरोहले कमोडिटी मार्केटको प्रलोभन देखाएर ३ अर्ब ३५ करोड ५५ लाख १४७ रुपैयाँ ठगी गरेको रहस्य खुलेको हो। 

ठगीको यो समूहले बबरमहल नक्साल लगायतका ठाउँहरुमा एउटा ट्रेनिङ क्लबले सेयर मार्केटसम्बन्धी तालिम दिइरहेको भन्दै विज्ञापन गरेको थियो। उक्त क्लबमा सेयरको तालिम लिन गएकाहरुलाई कमोडिटी मार्केटको तालिम दिइएको थियो। कमोडिटी मार्केट पनि सेयरजस्तै नेपाल धितोपत्र बोर्डको इजाजतमा सञ्चालन भएको र त्यसमा घरमै बसी–बसी घरजग्गा, सुन, चाँदी, तामा, तेल ग्यासलगायत हरेक चिजको कारोबार गर्न सकिने भनेर सहभागीहरुलाई ‘ओरेन्टेसन’ दिइएको थियो। 

उक्त कारोबारबाट अध्यधिक फाइदा हुने उनीहरुले बताएका थिए। तालिमका क्रममा सुनिल श्रेष्ठ नाम गरेका व्यक्तिले आफू कमोडिटी मार्केटको ब्रोकर कम्पनी मनी स्पेल इन्भेस्टमेन्ट प्रालिको सञ्चालक रहेको बताएका थिए। वैधानिक नै नरहेको उक्त कम्पनीलाई वैधानिक रहेको बताउँदै कारोबार गर्न प्रलोभन देखाएका थिए। 

कमोडिटी मार्केटमा क्लियरिङ हाउसको काम गर्ने हिमालयन क्लियरिङ कोअपरेन (एचसीसी) को खातामा रकम जम्मा गर्न उनीहरुले लगाएका थिए। रकम जम्मा गरिसकेपछि क्लाइन्ट कोड उपलब्ध गराउने र एक्सचेन्जको काम गर्ने मर्केन्टाइल एक्सचेन्ज नेपालद्वारा सन्चालित मोबाइल एप मेक्स (एमईएक्स) नेपाल डाउनलोड गर्न लगाएर क्लाइन्ट कोड र पासपोर्ट उपलब्ध गराउने र अर्को लक्ष्मी बैंकको सेग्रीगेट खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गरेको पाइएको छ।

रकम जम्मा भइसकेपछि ह्वाट्सएप तथा भाइबर ग्रुपमा एपमार्फत् घरजग्गा, सुन, चाँदी, तामा, ग्यास, तेल खरिद–बिक्री गर्न निर्देशन दिँदै सुरु–सुरुमा फाइदासमेत उपलब्ध गराउने गरेको पाइएको छ। पछि सफ्टवयेरसमेत मेनेपुलेट गरी ठगी गर्ने र बेपत्ता हुने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ। 

यो ठगी प्रकरणका मुख्य नाइके मर्केन्टाइल (मेक्स) नेपालका सीईओ रहेको खुलेको छ। मेक्स नेपालका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन र सो कम्पनीका डेपुटी जनरल म्यानेजर तथा प्रवक्ता नरेन्द्र भट्ट, स्पेल इन्भेष्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठ र उनकी पत्नी कञ्चन श्रेष्ठ यसका मुख्य व्यक्तिहरु हुन्। उनीहरुविरुद्ध मुद्दा दर्ता भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले बताए।

nimb
nimb

मेक्स नेपालसहितको समूहले साइप्रसबाट सफ्टवेयर सञ्चालन गरेर ठगी धन्दा चलाएको पाइएको छ। कमोडिटी क्लबका सञ्चालक सुनिल श्रेष्ठले कमोडिटी कारोबारबाट युरोप, अमेरिकाको भन्दा राम्रो कमाइ हुन्छ भन्दै प्रलोभन देखाउने र धितोपत्र बोर्डको दुई हाँगा भएको र एउटाले नेप्से (शेयर)सम्बन्धी र अर्कोले कमोडिटी मार्केट हेर्ने गरेको भन्दै लोभ्याएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ। 

कमोडिटी कारोबार गर्न सञ्चालन गरिएको अनलाइन ट्रेडिङ प्लेटफर्ममा एचसीसी आफैंले कृतिम रुपमा बिड/अफर क्वान्टिटी सिर्जना गर्ने, ठूलो संख्यामा माग तथा आपूर्ति रहेको भन्दै भ्रम छरेर क्लाइन्टहरुलाई रकम जम्मा गर्न लगाउँदै ठगी गरेको पाइएको छ। 

ट्रेडिङ प्लेटफर्ममार्फत् दैनिक करिब १ हजार युनिट कारोबार हुने गरेको देखिए पनि उनीहरुले ३८ हजार युनिटसम्म कारोबार भएको भन्दै कृतिम माग, आपूर्ति देखाएर ठगी गरेका थिए।

६ अर्ब बढीको अवैध कारोबार
पक्राउ परेका मेक्स नेपालका सीईओसहितका व्यक्तिहरुबाट बरामद गरिएको विभिन्न कागजपत्र र ल्यापटपलगायतको परीक्षणबाट कमोडिटी मार्केटको नाममा ६ अर्बभन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ। सीईओ सुरेन्द्रनको ल्यापटप प्रहरीले आफ्नो डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गराएको थियो। 

सो क्रममा २०२२ को नोभेम्बरसम्म एक्सएल सिटमा राखिएको हिसाब विवरणअनुसार ६ अर्ब ३८ करोड ५० लाख ५४ हजार ३४५ रुपैयाँ बराबरको अवैध कारोबार भएको खुलेको हो। 

तीमध्ये क्लाइन्टहरुले ३ अर्ब ३८ करोड १४ लाख ९९ हजार १९७ रुपैयाँ निकालेका थिए। जम्मा भएको मध्ये ३ अर्ब ३५ लाख ५५ हजार १४७ रुपैयाँ ठगी गरिएको पुष्टि भएको छ। यसरी ठगी गरेर संकलित रकम हुण्डी र क्रिप्टो करेन्सीमार्फत् विदेश पुग्ने गरेको ठहर गरिएको छ। 

४ जना पक्राउ, ४७ अझै फरार
कमोडिटी मार्केटको नाममा ठगी धन्दा चलाएर करोडौं ठगीमा ४१ जनाको गिरोह संलग्न हरेको खुले पनि जम्मा ४ जना मात्रै पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानरपालिका–४ पानधारे घर भइ काठमाडौं चावहिल बस्दै आएका तथा कमोडिटी क्लबका सञ्चालक ४१ वर्षीय सुनिल श्रेष्ठ, खोटाङको बुइपा–२ घर भइ चावहिल नै बस्दै आएकी सुनिलकै श्रीमती ४५ वर्षीय कन्चन भनिने कमला श्रेष्ठ, कन्चनपुरको भीमदत्त नगरपालिका–७ घर भएका मेक्स नेपालका डीजीएम तथा प्रवक्ता ३७ वर्षीय नरेन्द्रप्रसाद भट्ट र भारतको तामिलनाडु घर भइ काठमाडौं विशालनगर बस्ने मेक्स नेपालका सिईओ ४३ वर्षीय जितेश सुरेन्द्र भनिने जितेश सुरेन्द्रन छन्। बाँकी ४१ जना फरार छन्। फरार हुने सबै नेपाली नागरिकहरु हुन्।  

अनुसन्धानको क्रममा विश्वनाथ दत्त द्ववेदी, सुधीर यादव, सद्दाम रेन, मोहमद ओजायर रहमान र भारतीय नागरिकहरु माहेम्मद अबदुल करिम फिसाल, लक्ष्मण प्रसाद, सिकन्दर आलम, अबदुल्ला पुलिक्काल, विजेश रामथ र मोहम्मद राफीलगायतका व्यक्तिसमेत संलग्न भएको खुलेको छ। यद्यपि उनीहरुको यकिन नाम, थर र ठेगाना खुलिनसकेकाले थप अनुसन्धानका क्रममा खुलेमा उनीहरुलाई प्रतिवादी बनाउने भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको छ। 
३ वटा कसुरमा मुद्दा
४१ जनाविरुद्ध ठगी, संगठित अपराध तथा राष्ट्र बैंक अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। प्रहरीले पठाएको फाइल अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। 

मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ। जसमा ठगी गर्न नहुने उल्लेख छ। त्यसैगरी संगठित अपराध निवरण ऐन, २०७० को दफा ३ को कसुरअन्तर्गत पनि मुद्दा चलाइएको छ। यो दफा अनुसार ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना र बिगो बराबरको क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ। 

राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को कसुर गरी ३ वटा कसुरमा मुद्दा चलाइएको छ। जसअन्तर्गत बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद हुने व्यवस्था छ। प्रतिवादीहरुका सम्पत्तिसमेत रोक्का राख्नका लागि माग गरिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्