• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

हराउन थाले रैथाने प्रजातिका माछा

64x64
रासस बुधबार, फागुन ३, २०७९  १४:२३
1140x725

कञ्चनपुर– लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा माछा मार्ने कार्य धेरै वर्षदेखि गर्दै आएका छन्। 

नदीमा पहिलेको जस्तो माछा जालमा पर्ने गरेका छैनन्। दिनभरी नदीमा जाल खेलाउँदा थोरै मात्रै माछा जालमा पर्ने गरेका छन्। नदीमा थोरै प्रजातिका माछा मात्रै रहेको उनले बताए। 

‘विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच छ किलो माछा मार्न सकिन्थ्यो’, उनले भने, ‘हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरी जाल खेलाए चार पाँच वटा स–साना माछा मात्रै जालमा पर्ने गरेका छन्।’

शुक्लाफाँटा नगरपालिका–७ का ८० वर्षीय आशाराम चौधरीले पहिलेको जस्तो अहिले माछा नदी तलाउमा नपाइने गरेको बताए। ‘पहिलेको जस्तो वर्षा हुनै छाड्यो, त्यसै कारणले नदीमा पानीको बहाव पहिलेको जस्तो छैन, नदीमा पानी कम भएपछि माछा हुने कुरै भएन’, उनले भने, ‘गर्मीका बेला त नदी तलाउ सुक्नसमेत थालेका छन्, यसैकारणले पनि नदी तलाउमा पहिला जस्तो माछा पाइँदैन।’

वर्षातमा धानका खेतमै थुप्रै माछा पाइने गरेका थिए। खेतकै आलीमा परम्परागत रुपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगातका माछा पक्रने गरिन्थ्यो। हाल खेतबारीमा रासायनिक मलसँगै विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाति हराउँदै गएका छन्।

‘खेतमा बालीलाई रोगकीराको प्रकोपबाट जोगाउन छर्किने विषादी खेत हुँदै नदी, तलाउमा पुग्ने गरेको छ’, लालझाडीका वासुदेव रानाले भने, ‘नदी तलाउमा माछा मार्नका लागि विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाती लोप हुन थालेका छन्, केही लोप भइसकेका छन्।’ 

वर्षातको समय सकिएपछि दोदा नदीमा कात्तिकदेखि जेठसम्म घिमरी राखेर माछा मारेको उनी अहिले पनि सम्झिन्छन्। ‘गाउँका मन मिल्ने साथीहरुले सामूहिक रुपमा नदीमा बाँध बनाइ धिमरी राख्थ्यौं’, उनले भन, ‘धिमरीमा फसेका माछा बिहानी पख भाग लगाउथ्यौं, एउटैको भागमा पाँच किलोदेखि सात किलोसम्म माछा पर्दथ्यो, खान सकेको माछा खान्थ्यौं, खान नसकिएको माछाको सुकुटी बनाएर वर्षात्का बेला तरकारीका रुपमा खान्थ्यौं।’

उनका अनुसार नदीमा धिमरी लगाउँदा माछा चोरी हुनबाट जोगाउन रातिका बेला पहरा दिइने गरिन्थ्यो। पहिला जस्तै केहीले अहिले पनि नदीमा धिमरी लगाउने गरे पनि माछा पहिला जस्तो पर्दैन। दुई/तीन दिनमा धिमरी खोल्दा मुस्किलले एकदेखि दुई किलोसम्म माछा मात्रै पर्ने गरेको छ। जलवायु परिवर्तन र विषादीको जथाभावी प्रयोगले रैथाने माछाका प्रजाति लोप हुँदै गएको उनको बुझाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

चुरे क्षेत्रको जथाभावी रुपमा नदीजन्य पदार्थको दोहन हुँदा नदीको गहिराइमा केही वर्षदेखि कमी हुँदा माछाका प्रजाती घटदै गएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए। ‘बालुवाले नदीको गहिराइ दुई फिटभन्दा कम भएको छ’, उनले भने, ‘नदीको सतह पुरिँदै गएपछि माछाको बासस्थान मासिँदै गयो, माछा लोप हुन थालेका छन्।’

उनका अनुसार पहिला नदी तलाउमा रैथाने जातका लछिया, वैखा, रहु, नैन, चन्दविजला, टेङगर, कटा, गोछो, गुनगुना, नङ्गवा, रबा, भगना, डेडवा, चुहिला, कुर्सा, सिंगी, भुरिया, महासेरा, कटुवा, मुग्रो, मलाइच, बजेट्टा, खजुरा, गेट, चरैया, भकुरा, ढोर्र, सुमरा, खर्सा, झिंगा, बगस, गइट्टा, गैंडो, मलगी, पत्थरचट्टी, भेदल, गोंजा, फिलोसिंया, पड्नीलगायत जातका माछा पाइने गरेका थिए।

रैथाने प्रजातिका आधा प्रजाति पनि नदी तलाउमा हाल नपाइने गरेको उनले बताए। ‘नदी पुरिएर पानीको बहाव घट्यो, नदीमा पानी जम्मा हुने कुण्ड, तलाउ नासिए, प्राकृतिक तालमा मानव अतिक्रमणले नासिँदै गए, नदी तलाउमा विषादीको प्रयोग बढन थालेपछि माछाका प्रजाती हराउँदै गए’, उनी भन्छन्। 

रैथाने माछाका प्रजाति जोगाउनका लागि विगतदेखि नै प्रयास भएको स्थानीय कालुराम चौधरीले बताए। उनले भने, ‘केही वर्ष नदी तलाउ लगायतमा विषादी हाल्न निषेध गरिएपछि माछा संरक्षणमा टेवा पुगेको थियो, अटेरी व्यक्तिले लुकिछिपी नदी तलाउमा विषादी हाल्न थालेपछि रैथाने जातका माछा दुर्लभ हुन थालेको छ।’

पहिला जस्तै जाल हान्ने, घिमरी राख्ने, टापी, हेल्का नदी तलाउमा थापेर माछा मार्ने गरिन्थ्यो। हाल पनि माछा मार्न त्यसकै प्रयोगलाई बढावा दिनुपर्ने उनी बताउँछन्। ‘रैथाने जातका माछाका प्रजाति जोगाउन स्थानीय तहले संरक्षणसम्बन्धी कार्यक्रम ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘यसबारे युवा पिँढीलाई सचेत गर्न जरुरी छ।’

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी विशेष गरी कुखुरा पालन क्षेत्रसँग सम्बन्धित अण्डा, चल्ला र कुखुरामै कर लगाइने अभ्यासप्रति उनले आपत्ति जनाएका हुन्। आइतबार, वैशाख १३, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२,... मंगलबार, वैशाख ८, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५५, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ४५, काउली... आइतबार, वैशाख ६, २०८३
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्