• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

हराउन थाले रैथाने प्रजातिका माछा

64x64
रासस बुधबार, फागुन ३, २०७९  १४:२३
1140x725

कञ्चनपुर– लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा माछा मार्ने कार्य धेरै वर्षदेखि गर्दै आएका छन्। 

नदीमा पहिलेको जस्तो माछा जालमा पर्ने गरेका छैनन्। दिनभरी नदीमा जाल खेलाउँदा थोरै मात्रै माछा जालमा पर्ने गरेका छन्। नदीमा थोरै प्रजातिका माछा मात्रै रहेको उनले बताए। 

‘विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच छ किलो माछा मार्न सकिन्थ्यो’, उनले भने, ‘हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरी जाल खेलाए चार पाँच वटा स–साना माछा मात्रै जालमा पर्ने गरेका छन्।’

शुक्लाफाँटा नगरपालिका–७ का ८० वर्षीय आशाराम चौधरीले पहिलेको जस्तो अहिले माछा नदी तलाउमा नपाइने गरेको बताए। ‘पहिलेको जस्तो वर्षा हुनै छाड्यो, त्यसै कारणले नदीमा पानीको बहाव पहिलेको जस्तो छैन, नदीमा पानी कम भएपछि माछा हुने कुरै भएन’, उनले भने, ‘गर्मीका बेला त नदी तलाउ सुक्नसमेत थालेका छन्, यसैकारणले पनि नदी तलाउमा पहिला जस्तो माछा पाइँदैन।’

वर्षातमा धानका खेतमै थुप्रै माछा पाइने गरेका थिए। खेतकै आलीमा परम्परागत रुपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगातका माछा पक्रने गरिन्थ्यो। हाल खेतबारीमा रासायनिक मलसँगै विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाति हराउँदै गएका छन्।

‘खेतमा बालीलाई रोगकीराको प्रकोपबाट जोगाउन छर्किने विषादी खेत हुँदै नदी, तलाउमा पुग्ने गरेको छ’, लालझाडीका वासुदेव रानाले भने, ‘नदी तलाउमा माछा मार्नका लागि विषादीको प्रयोग हुन थालेपछि माछाका प्रजाती लोप हुन थालेका छन्, केही लोप भइसकेका छन्।’ 

वर्षातको समय सकिएपछि दोदा नदीमा कात्तिकदेखि जेठसम्म घिमरी राखेर माछा मारेको उनी अहिले पनि सम्झिन्छन्। ‘गाउँका मन मिल्ने साथीहरुले सामूहिक रुपमा नदीमा बाँध बनाइ धिमरी राख्थ्यौं’, उनले भन, ‘धिमरीमा फसेका माछा बिहानी पख भाग लगाउथ्यौं, एउटैको भागमा पाँच किलोदेखि सात किलोसम्म माछा पर्दथ्यो, खान सकेको माछा खान्थ्यौं, खान नसकिएको माछाको सुकुटी बनाएर वर्षात्का बेला तरकारीका रुपमा खान्थ्यौं।’

उनका अनुसार नदीमा धिमरी लगाउँदा माछा चोरी हुनबाट जोगाउन रातिका बेला पहरा दिइने गरिन्थ्यो। पहिला जस्तै केहीले अहिले पनि नदीमा धिमरी लगाउने गरे पनि माछा पहिला जस्तो पर्दैन। दुई/तीन दिनमा धिमरी खोल्दा मुस्किलले एकदेखि दुई किलोसम्म माछा मात्रै पर्ने गरेको छ। जलवायु परिवर्तन र विषादीको जथाभावी प्रयोगले रैथाने माछाका प्रजाति लोप हुँदै गएको उनको बुझाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

चुरे क्षेत्रको जथाभावी रुपमा नदीजन्य पदार्थको दोहन हुँदा नदीको गहिराइमा केही वर्षदेखि कमी हुँदा माछाका प्रजाती घटदै गएको शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए। ‘बालुवाले नदीको गहिराइ दुई फिटभन्दा कम भएको छ’, उनले भने, ‘नदीको सतह पुरिँदै गएपछि माछाको बासस्थान मासिँदै गयो, माछा लोप हुन थालेका छन्।’

उनका अनुसार पहिला नदी तलाउमा रैथाने जातका लछिया, वैखा, रहु, नैन, चन्दविजला, टेङगर, कटा, गोछो, गुनगुना, नङ्गवा, रबा, भगना, डेडवा, चुहिला, कुर्सा, सिंगी, भुरिया, महासेरा, कटुवा, मुग्रो, मलाइच, बजेट्टा, खजुरा, गेट, चरैया, भकुरा, ढोर्र, सुमरा, खर्सा, झिंगा, बगस, गइट्टा, गैंडो, मलगी, पत्थरचट्टी, भेदल, गोंजा, फिलोसिंया, पड्नीलगायत जातका माछा पाइने गरेका थिए।

रैथाने प्रजातिका आधा प्रजाति पनि नदी तलाउमा हाल नपाइने गरेको उनले बताए। ‘नदी पुरिएर पानीको बहाव घट्यो, नदीमा पानी जम्मा हुने कुण्ड, तलाउ नासिए, प्राकृतिक तालमा मानव अतिक्रमणले नासिँदै गए, नदी तलाउमा विषादीको प्रयोग बढन थालेपछि माछाका प्रजाती हराउँदै गए’, उनी भन्छन्। 

रैथाने माछाका प्रजाति जोगाउनका लागि विगतदेखि नै प्रयास भएको स्थानीय कालुराम चौधरीले बताए। उनले भने, ‘केही वर्ष नदी तलाउ लगायतमा विषादी हाल्न निषेध गरिएपछि माछा संरक्षणमा टेवा पुगेको थियो, अटेरी व्यक्तिले लुकिछिपी नदी तलाउमा विषादी हाल्न थालेपछि रैथाने जातका माछा दुर्लभ हुन थालेको छ।’

पहिला जस्तै जाल हान्ने, घिमरी राख्ने, टापी, हेल्का नदी तलाउमा थापेर माछा मार्ने गरिन्थ्यो। हाल पनि माछा मार्न त्यसकै प्रयोगलाई बढावा दिनुपर्ने उनी बताउँछन्। ‘रैथाने जातका माछाका प्रजाति जोगाउन स्थानीय तहले संरक्षणसम्बन्धी कार्यक्रम ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘यसबारे युवा पिँढीलाई सचेत गर्न जरुरी छ।’

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
राष्ट्रिय कृषि नीति, २०८३ जारी संघीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्र... बुधबार, साउन २०, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपालमा खाद्य सुरक्षाको अवस्था सुधार, कृषि प्रणालीको आधुनिकीकरण, दिगो कृषि-खाद्य प्रणाली... मंगलबार, साउन ५, २०८३
३० हजार मेट्रिक टन रासायनिक मल आयात प्रक्रिया अघि बढ्यो अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मार्फत खरिद गरिएको उक्त परिमाणको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेपछि नेपालतर्फ ढुवानीको क... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : अध्यक्ष यादव शनिबार, साउन २३, २०८३
पहिचान माग्दा जेल र हतकडी पाइयो : रेशम चौधरी शनिबार, साउन २३, २०८३
सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ] शनिबार, साउन २३, २०८३
आरजुबिना २८ गते स्वदेश फर्कंदै देउवा, विद्रोही कांग्रेसको भेलालाई सम्बोधन गर्ने शनिबार, साउन २३, २०८३
अग्रगामी मोर्चाको भेलामा सिके राउतले भने– हामी कुर्सी खोस्न होइन, संविधानअनुसार देश चलाउन एकजुट भएका हौं शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्