काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज (बुधबार) हुँदैछ।
आजको खेलमा स्कटल्याण्ड र नामिबिया भिड्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २ विकेटले विजयी भएको थियो। नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेल ‘नायक’ बने।
११३ बल खेलेका कुशलले १० चौका र ४ छक्कासहित ११५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक गरेका कुशल एकदिवसीयमा शतक पूरा गर्ने चौथो नेपाली खेलाडी पनि बने।
सिरिजमा स्कटल्याण्ड ३२ खेलमा ४६ अंक बनाएर शीर्ष स्थानमा छ। यस्तै, नामिबिया ३७ अंकसहित तेस्रो स्थानमा छ। २५ खेलबाट २० अंक बनाएको नेपाल भने छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।