सुर्खेत– सुर्खेतको भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदी किनारमा मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो।
नाम–थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उक्त शव बगेर किनारा लागेको हुनसक्ने अनुमान गरेको छ।
शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।