काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गबाट एक सय ५८ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। सोमबार सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले मकवानपुरकै थाहा नगरपालिका–३ का विशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको थियो।
विशेष सूचनाका आधारमा खटिएको टोलीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा क्याविनमा लुकाएर राखेको अवस्थामा गाँजा फेला पारेको हो।
चेकजाँचका क्रममा गोपाली भाग्न थालेका थिए। भाग्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका गोपालीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।