काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिसकेको ६० लाख मूल्य बराबरको बियर बरामद गरेको छ।
मंगलबार दिउँसो बजार अनुगमनमा गएको टोलीले याक ब्रुअरी कम्पनीद्वारा उत्पादित बाह्रसिङ्गे ब्राण्डको बियर बरामद गरेको हो।
काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको तीनवटा गोदाममा भण्डारण गरेको २१ सय कार्टुन बियर बरामद गरिएको विभागले जनाएको छ।
६५० मिलिलिटर र ३३० मिलिलिटरका बोत्तलमा रहेका बियरको मूल्य करिब ६० अनुमान गरिएको छ। म्याद गुज्रे पनि बिक्रीका लागि गोदाममा भण्डारण गरेको पाइएपछि विभागले आवश्यक कारबाहीका लागि उक्त गोदाम सिलबन्दी गरेको छ।
विभागले यस्ता म्याद गुज्रिसकेका बियरहरु भोजभतेर तथा रात्रिकालीन रेष्टुरेन्टहरुमा प्रयोग भएको हुनसक्ने सूचनाका आधारमा विभागले अनुगमन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।