सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटेमा १० दिने रिभर गाइड ट्रेनिङ सञ्चालन भएको छ। सुकुटेको सुनकोसी नदीमा भएको १० दिने रिभर गाइड ट्रेनिङमा नेपाल आर्मीसहितको २० जना सहभागी भएका छन्।
अहिले सहभागी भएकाहरूले आउँदो फागुन ११ देखि तीन दिन खेलमा प्रतिस्पर्धा गर्ने भोटेकोसी र्याफ्टिङ गाइड एसोसिएसनले जनाएको छ।
नेपाल सरकारको सहयोगमा र्याफ्ट एन्ड क्यानो एसोसिएसनको आयोजनामा यो खेल हुन लागेको हो। सिन्धुपाल्चोकको सुकुटेमा हुने र्याफ्टिङ प्रतियोगितामा महिला र्याफ्टिङ गाइडहरूले समेत प्रतिस्पर्धा गर्नेछन्।
२०१७ मा राष्ट्रिय र्याफ्टिङ प्रतिस्पर्धाबाट छनोट भएका नेपाली र्याफ्टिङ रिभर गाइडले जापानमा प्रतिस्पर्धा गर्न पाएका थिए भने अहिले यहाँबाट छनोट भएकाहरू चीनमा गएर प्रतिस्पर्धा गर्न पाउने छन्। आउँदो फागुन ११ मा हुने प्रतिस्पर्धामा र्याफ्टिङ, कायाकिङ, एड्भ्यान्चर खेल हुने छ।
विश्वको सातौ स्थानमा पर्ने सुनकोसी नदीमा सधाझैँ यस वर्ष पनि र्याफ्टिङ ट्रेनिङ भइरहेको छ। अहिले सुनकोसीमा त्रिसुली, पोखरा, नारायणगढ, फिस्लिङ, भोटेकोसी र्याफ्टिङ रिभर गाइड एसोसिएट, नेपाली सेना लगायत विभिन्न समूहले सहभागिता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।