काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई हराएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २ विकेटले विजयी भयो।
२८६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेल ‘नायक’ बने।
११३ बल खेलेका कुशलले १० चौका र ४ छक्कासहित ११५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक गरेका कुशल एकदिवसीयमा शतक पूरा गर्ने चौथो नेपाली खेलाडी पनि बने।
नेपालको जितमा ओपनर भुर्तेलले १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन बनाए। जितका लागि जम्मा तीन रन चाहिएको बेला भुर्तेल क्याच आउट भए। बलिङमा पाँच विकेट लिएका करण केसीको ब्याटिङ पनि प्रभावशाली रह्यो। १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा उनी अविजित रहे। सोमपाल कामीले आफ्नो पहिलो बलमै चौका प्रहार गरेर नेपाललाई जित दिलाए।
भुर्तेल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् भने ओडीआईमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी हुन्। यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक बनाइसकेका छन्।
कप्तान रोहित पौडेलले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाउँदै जितका लागि आधार तय गर्न योगदान गरेका थिए। उनले भुर्तेलसँग १ सय ३३ रनको साझेदारी गरेका हुन्।
ओपनर आसिफ शेख भने दोस्रो ओभरमै आउट भए। थियो । पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई बोल्ड आउट गरेका हु। यसैगरी ज्ञानेन्द्र मल्ल २५ रनमा, कुशल मल्ल ६, सन्दीप जोरा २४ २८ रनमा, दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।