काठमाडौं- कुशल भुर्तेलले शतकीय पारी खेलेका छन्। उनले त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत नामिबियासँगको खेलमा शतक बनाएका हुन्।
उनले ९९ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै सय रन पूरा गरेका हुन्। दुई विकेटको क्षति बेहोरिसकेको नेपालका लागि ३९ रनसहित कप्तान रोहित पौडेलले भूर्तेललाई साथ दिएका छन्।
नेपालका लागि शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन्। पूर्वक्रिकेटर पारस खड्काले १ सय १५ रन, दीपेन्द्र सिंह ऐरीले १ सय ५ रन र कप्तान रोहित पौडेलले १ सय २६ सहित शतक बनाएका छन्।
ओडीआई र टी–२० मा शतक बनाउने भुर्तेल तेस्रो खेलाडी बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।