काठमाडौं– कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियासँगको खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन्।
उनले ५१ बलमा उनले ६ चौका र दुई छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। २८६ रनको लक्ष्य पछ्याएको नेपालले २२औं ओभरको समाप्तिमा १२२ रन बनाएको छ।
दुई विकेटको क्षति बेहोरिसकेको नेपालका लागि ३९ रनसहित कप्तान रोहित पौडेलले भूर्तेललाई साथ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।