काठमाडौं– शिवरात्रि पर्वको तयारीअन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा रंगरोगनसहितका कामहरु धमाधम अगाडि बढाइएको छ।
पशुपतिको मूल मन्दिरसहित परिसरमा सरसफाइ सकेर रंगरोगनको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यस वर्ष शिवरात्रि फागुन ६ गते परेको छ।
![Shivratri_Pashupati_Tayari (24)1676362617.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (24)1676362617.jpg)
शिवरात्रिका लागि छिमेकी राष्ट्र भारत र नेपालकै विभिन्न जिल्ला तथा धामबाट साधु सन्तहरु पशुपति आउने क्रम सुरु भएको छ। शिवरात्रिमा पशुपति आउने साधु सन्तहरुलाई दक्षिणासहित बिदा गर्ने चलन छ।
![Shivratri_Pashupati_Tayari (16)1676362613.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (16)1676362613.jpg)
शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला समेत लाग्ने गर्छ। मेला आयोजनाका लागि विभिन्न स्टलहरु राख्ने लगायतका काम अन्तिम अवस्थामा पुगेका जनाइएको छ।
पशुपति क्षेत्रका मन्दिर र मठहरुमा सरसफाइ गरेर रंगरोगन गर्न थालिएको छ। यस्तै, बिजुलीबाट बल्ने झिलिमिली बत्तीहरुले पनि सजाउन थालिएको छ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्वमा आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिन्छ।
![Shivratri_Pashupati_Tayari (9)1676362611.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (9)1676362611.jpg)
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ पनि छ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।
![Shivratri_Pashupati_Tayari (26)1676362618.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (26)1676362618.jpg)
![Shivratri_Pashupati_Tayari (28)1676362618.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (28)1676362618.jpg)
![Shivratri_Pashupati_Tayari (25)1676362617.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (25)1676362617.jpg)
![Shivratri_Pashupati_Tayari (21)1676362615.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (21)1676362615.jpg)
![Shivratri_Pashupati_Tayari (17)1676362614.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (17)1676362614.jpg)
![Shivratri_Pashupati_Tayari (18)1676362614.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (18)1676362614.jpg)
![Shivratri_Pashupati_Tayari (15)1676362612.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (15)1676362612.jpg)
![Shivratri_Pashupati_Tayari (13)1676362611.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (13)1676362611.jpg)
![Shivratri_Pashupati_Tayari (2)1676362610.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (2)1676362610.jpg)
![Shivratri_Pashupati_Tayari (8)1676362610.jpg](https://nepallive.net/uploads/posts/Shivratri_Pashupati_Tayari (8)1676362610.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।