• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेपाल–भारत संयन्त्रको बैठक

हवाई प्रवेश मार्ग र सीमाका विषय उठाएको नेपालको दाबी, भारत मौन

64x64
ईश्वर बराल मंगलबार, फागुन २, २०७९  १३:१६
1140x725

काठमाडौं– नेपाल–भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ। उक्त बैठकमा सहभागी हुन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार बिहान काठमाडौं आइपुगेका थिए। नेपाली पक्षबाट परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोली संयन्त्रको बैठकमा सहभागी भएको थियो। 

संयन्त्रको बैठकमा नेपाली पक्षले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश मार्ग उपलब्ध गराउन र नेपाल–भारत सीमामा रहेको समस्या समाधानका विषय उठाएको परराष्ट्र मन्त्रालयले बताएको छ। 

भैरहवामा विमानस्थल तयार भए पनि जहाज भित्रिने प्रवेश मार्ग नहुँदा पूर्ण रुपमा सञ्चालनमा आउन पाएको छैन। यसका लागि भारतीय आकाश आवश्यक पर्छ। हाल जहाजहरुले एक मात्र प्रवेश मार्ग सिमरा हुँदै आउने अनुमति पाएका छन्। उक्त विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न नेपाललाई थप प्रवेश मार्ग आवश्यक पर्ने हुँदा भारतलाई आग्रह गरेको हो। 

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका परराष्ट्र सचिवले थप हवाई प्रवेश मार्गका साथै सीमा नजिकको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो सहमतिका लागि नेपाल सरकारको अनुरोध दोहोर्‍याउनुभयो।’ तर, भारतले सार्वजनिक गरेको विज्ञप्तिमा भने उक्त कुरा उल्लेख गरिएको छैन। 

यस्तै, संयन्त्रको बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार संयन्त्रको बैठकमा परराष्ट्र सचिव पौड्याले उक्त प्रस्ताव राख्दा क्वात्रा मौन बसेका थिए।

नेपालले संयन्त्रको बैठकमा सीमामा रहेका विवाद समाधान र नेपाल–भारतका प्रवुद्ध समूहले बनाएको प्रतिवेदन बुझ्न पनि प्रस्ताव गरेको बताइएको छ। 

‘दुई विदेश सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो। यस सम्बन्धमा उहाँहरुले स्थापित द्विपक्षीय संयन्त्रमार्फत् बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान भएको थियो,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। तर, भारतीय पक्ष यो विषयमा पनि मौन रहेको छ। 

यसअघि भदौमा भारतको राजधानी नयाँ दिल्लीमा भएको यही संयन्त्रको बैठकमा पनि नेपाली पक्षले यी विषयमा छलफल भएको दाबी गरेको थियो। उक्त समयमा पनि भारतले ‘नोट’ गरेको थिएन। 

nimb
nimb
Ncell 2
Ncell 2

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकारले २०७७ जेठमा लिम्पियाधुरा, लिपुलेको भूभाग समेटेर नेपाली नक्सा जारी गरेपछि सीमाको विषयमा नेपाल– भारतको सम्बन्धमा तिक्तता सुरु भएको थियो। त्यसअघि २०७६ को कात्तिकमा भारतले लिपुलेकसम्मकै नक्सा जारी गरेपछि नेपाली पक्षले आफ्नो भूमि भएको दाबी गर्दै आएको थियो। र, ०७७ जेठमा नक्सै जारी गरेको थियो। 

यस्तै, संयन्त्रको बैठकमा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भएको बताइएको छ। 

त्यस्तै, अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा भएको उल्लेख छ। 

यसैगरी, रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति भएको विज्ञप्तिमा उल्लेख छ। साथै, दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई द्रुतरुपमा अगाडि बढाउने सहमति पनि भएको उल्लेख छ। 

नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरेको भारतीय पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

भारत  र नेपालबीचको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेको र भारतले उक्त विषयलाई ‘नोट’ गरेको जनाइएको छ। नेपालले भारतलाई २०२२ को मध्यबाट ४५२ मेगावाट विद्युत निर्यात गरेको थियो। 

विदेश सचिव क्वात्राले भारत अध्यक्ष रहेर यो वर्ष आयोजना गर्ने जी–२० को फाइनान्स ट्रयाकमा सहभागिताका लागि नेपाललाई  निमन्त्रणा गरेका छन्। 

उच्च भेटमा व्यस्त क्वात्रा
संयन्त्रको बैठकलगत्तै क्वात्रा उच्च राजनीतक भेटमा सक्रिय भएका छन्। सचिव क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री डा‍ विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। 

उक्त भेटका क्रममा दुवै पक्षले दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायहरुबारे छलफल भएको उल्लेख छ। 

यस्तै, सचिव क्वात्राले सोमबारै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्। 

क्वात्राले मंगलबार नेपाल सरकारका वरिष्ठ अधिकारी र अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनी मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
सीजेपीका दुई मागमा सहमति, शिक्षामन्त्रीको राजीनामा नआई आन्दोलन नरोकिने शुक्रबार, साउन ८, २०८३
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
कर्णालीमा मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावलाई नेकपाको समर्थन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्