काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नेपाल र नामिबियाबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ।
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो। एकदिवसीय अन्तर्राष्ट्रियमा सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो।
लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन्। त्यसबेला भएका दुवै खेल नेपालले जितेको थियो।
यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ। नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ। नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।