नेपालगन्ज– नेपालगन्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन्। प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ।
जारी प्रतियोगिताका खेलहरु नेपालगन्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भइरहेको थियो। तर विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केहि दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो।
जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुरस्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए।
दुई दिनमा लिग खेल अन्तर्गतका ५ खेलहरु कोहलपुर मैदानमा हुने उनले बताए। सेमिफाइनल र फाइनल खेल भने रनिङ शिल्ड सकिएपछि मंगलप्रसाद उच्च माविकै मैदानमा गर्ने तयारी भएको प्रतियोगिता संयोजक खानले बताए।
प्रतियोगितामा सोचेभन्दा धेरै टिमले सहभागिता जनाएका कारण पनि समयमै सम्पन्न गर्न कठिन भएको उनले बताए। प्रतियोगिताको महिला उपमेयर कप प्रतियोगितातर्फ नेपालगन्ज मोडेल एकेडेमी र होलिल्यान्ड स्कुल फाइनलमा पुगिसकेका छन्।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ। प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन्।
प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।