कैलाली- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्कबाट बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अछामको चौरपाटी नगरपालिका–५ का सुवास बोहरा र सोही ठाउँका सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथबाट एक थान पुच्छरसम्मको तीन फिट लम्बाइ र पाँच इन्च चौडाइ भएको बाघको छाला बरामद गरी नियन्त्रणमा लिइएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।