काठमाडौं– सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको काठमाडौंको बालाजु माछापोखरी क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको 'नियन्त्रण'मा आएको छ।
एसपीको कमान्डमा काठमाडौं उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ सशस्त्र प्रहरी परिचालनपछि बालाजु , माछापोखरी क्षेत्र सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा आएको हो। अहिले अवस्था सामान्य बन्दै गएको छ। स्थिति सामान्य बनेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
सोमबार दिउँसो यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेका थिए।
५ पटक कारबाही भोगेपछि लाइसेन्स निलम्बन गर्न थालिएको लगायत अन्य ट्राफिक नियमको विरोधमा यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए। सो क्रममा प्रहरी र यातायात मजदुरबीच झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।