काठमाडौं– बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त भएको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा तनाव उत्पन्न भएको हो।
आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ४ राउण्ड अश्रुग्यास प्रहार समेत गरिएको छ। आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी घाइते समेत भएका छन्।
आइतबार बसको ठक्करबाट जाजरकोटको छेडागाड नगरपालिका–६, सुवानाउलीकी नदी रावतको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।