• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
६५ वर्षदेखिको नेपाल-भारत सीमा विवाद सात महिनापछि बस्न लागेको संयन्त्रले खोज्ला त समाधान?
64x64
दुर्गा दुलाल सोमबार, फागुन १, २०७९  १३:०४
1140x725

काठमाडौं- भारतीय विदेशसचिव विनयमोहन क्वात्रा यतिबेला नेपाल भ्रमणमा छन्। उनी नेपाल आएसँगै विदेशसचिवस्तरीय संयन्त्रको बैठक बसेको छ। यो बैठक सात महिनापछि बसेको हो।

परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका विदेशसचिव विनयमोहन क्वात्रा याक एन्ड यति होटलमा बैठक बसेका छन्। राजनीतिक तह बाहेक सीमा समस्या समाधान गर्ने प्रशासनिक तहमा यो उच्चस्तरीय संयन्त्र हो। 

प्रधानमन्त्री र परराष्ट्रमन्त्री तहमा पटकपटक नेपाल-भारत सीमा विवादको कुरा हुने गरेको छ। तर ठोस निष्कर्ष निस्कने गरेको छैन।

बैठकमा कर्मचारीस्तरमा रहेको संयन्त्रको बैठक बस्ने अनि त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति हुने गरेको छ। तर उक्त सहमतिपछि लामो समय बैठक नै नबसी समय बित्ने गरेको छ। 

भारतसँग ६ दशक लामो सीमा विवाद 
भारत र नेपालबीच करिब १८ सय किलोमिटर लामो खुला सीमा छ। खुला सीमा साझेदारीमा रहेका नेपाल र भारतबीच दर्जनौँ ठाउँमा विवाद छ। कतिपय ठाउँमा त ६ दशकदेखिको विवाद समाधान भएको छैन।

कालापानी, लिपुलेक, सुस्तादेखि अन्य स्थानमा नेपाल-भारतका बीचमा सीमा विवाद हुने गरेको छ। तत्कालीन भारतीय प्रधानमन्त्री जावरलाल नेहरुले पत्र लेखेर कालापानी क्षेत्रमा सेना राख्न दिन माग गरेपछि नेपालले सो भू–भाग प्रयोग गर्न दिएको तत्कालीन राजा महेन्द्रका निकट सहयोगी रहेका नेता विश्वबन्धु थापाले एक वर्षअघि नेपाल लाइभलाई दिएको अन्तर्वार्तामा बताएका थिए।

सन् १९६२ को चीन–भारत युद्धमा भारत पराजित भएपछि उक्त क्षेत्रमा बस्न राजा महेन्द्रलाई पत्र लेखेको र सम्बन्ध सुधारका लागि अस्थायी रुपमा बस्न अनुमति दिएको उनले बताएका थिए। भारतले सुगौली सन्धिताकाको नक्सा निकालेर अध्ययन गरी यो विषय टुंग्याउनुपर्ने उनको भनाइ थियो।

सन् १८८० देखि २००७ सम्मका नक्सालाई आधार मानेर सीमा नक्साहरू बने पनि सुस्ता र कालापानीका हकमा संयुक्त समितिमा रहेका व्यक्ति एकमत हुन नसक्दा समस्या समाधान नभएको हो।

Ncell 2
Ncell 2

भारतले चलाउने नक्सालाई आधार मान्दा सुस्तामा झण्डै १४५ वर्गकिलोमिटर र कालापानी क्षेत्रमा झण्डै ३७० वर्गकिलोमिटर भू–भाग हराउने विज्ञहरू बताउँछन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले ब्रिटिस इन्डियाको बिरासत बोकेकाले ब्रिटिस इन्डियाले बनाएका आधिकारिक र ऐतिहासिक नक्सा राखेर कुरा गर्नुपर्ने बताए।

ब्रिटिस इन्डियाले बनाएका नक्सामा काली नदीको मुहानका विषयमा पनि स्पष्ट भएकाले नेपालले कूटनीतिक कौशल देखाउँदा तथ्य र प्रमाण ‘नेपालका पक्षमा बलियो’ रहेको सीमाविद् श्रेष्ठको भनाइ छ। 

सरकारले यस्तै समस्याहरुको समाधान गर्न केही स्थायी संयन्त्र बनाएको छ। मन्त्रीस्तरीय र कर्मचारीस्तरीय यस्ता संयन्त्रको बैठक त समय–समयमा बस्ने गरेको छ, तर काम गर्न सकेको छैन। कर्मचारीस्तरीय संयन्त्रले मन्त्रीस्तरीयमा पठाउने र मन्त्रीस्तरीय संयन्त्रले उच्चस्तरमा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने सहमति गर्छन्। तर उच्चस्तरबाट समाधान खोजिँदैन। अहिले पनि नेपाल–भारत संयुक्त आयोग, परराष्ट्र सचिवस्तरीय संयन्त्र र नापी विभाग अन्तर्गतका संयन्त्र क्रियाशील छन्।  

भारतले १७ कात्तिक २०७७ (२ नोभेम्बर २०२० मा) नयाँ नक्सा जारी गरेपछि सीमा विवाद फेरि बल्झियो। नेपालले उक्त नक्साबारे २० कात्तिकमा औपचारिक रुपमा विरोध जनाएको थियो। तर समाधानका लागि कूटनीतिक पहल भने नगन्य मात्रामा हुँदै आएको छ।

भारतले नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि ती भू–भागसहितको नयाँ नक्सा जारी गर्‍यो। यसपछि पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारत भ्रमणको समयमा सीमा विवादमा कुरा उठाएका थिए। तर यो विवादका विषयमा संयुक्त विज्ञप्ति जारी भएन। यसले नेपाल र भारतका बीचमा कुरा नमिलेको प्रष्ट देखिन्थ्यो। 

भारतमा उच्चारण भएन, नेपालमा के होला?
पछिल्लो पटक परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक २०७९ भदौ २८ र २९ मा नयाँदिल्लीमा बसेको थियो। उक्त बैठकमा दुई पक्षबीच सीमा सम्बन्धमा पनि कुरा भएको नेपालको दावी थियो। नेपालले उक्त कुरा समेटेर विज्ञप्ति पनि जारी गर्‍यो तर यो संयुक्त थिएन, एकल रुपमा जारी गरिएको थियो। नेपालले जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट खुलाइएको थिएन। लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र र सुस्ताको सम्बन्धमा छलफल भए/नभएको खुलाइएको थिएन। 

सीमाका सम्बन्धमा भारतले नै नेपालसँग वार्ता गर्न चाहिरहेको छैन। भारतका विदेश सचिव क्वात्राले २०७९ वैशाख ३० मा पत्रकार सम्मेलनका क्रममा सीमाका विषयमा हल निकाल्न द्विपक्षीय संयन्त्र (परराष्ट्र सचिवस्तरीय) रहेको उल्लेख गर्दै यसलाई थप राजनीतीकरण नगर्न आग्रह गरेका थिए।

नेपाल र भारतबीच सीमा विवाद भएका मुख्य स्थान कालापानी र सुस्ताका विषयमा कूटनीतिक वार्तामार्फत टुंगो लगाउने निर्णय २०१४ मै भएको थियो। ६५ वर्षसम्म उक्त संयन्त्रले कुनै ठोस निर्णय दिन सकेको छैन। परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मेवारी दिइएकोले त्यहाँबाट आउने प्रतिवेदनका आधारमा अघि बढ्ने भनी हरेक उच्च राजनीतिक तहमा निर्णय हुने तर संयन्त्रले पनि टुङ्गो लगाउन नसक्ने काम भइरहेको परराष्ट्रविद् दिनेश भट्टराईले बताए। 

परराष्ट्र सचिवस्तरीय संयन्त्रमा सीमा समस्या समाधानका लागि ठोस वार्ता नै नसकेकाले यो समस्या यत्रो लामो समयदेखि थाती रहँदै आएको उनको बुझाइ छ। आज हुने बैठकमा नेपालले स्पष्ट रुपमा अजेन्डा राखेर यसलाई टुङ्गोमा पुर्‍याउनेतिर लाग्नुपर्ने उनको सुझाव छ। 

भारतका तत्कालीन विदेश सचिव हर्षबर्धन शृंगला र नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालबीच २०७७ मंसिर २६ र २७ मा काठमाडौंमा भएको वार्तामा सीमा शब्द परे पनि कालापानी शब्द नपरेपछि यसमा ठोस प्रगति हुन नसकेको देखिन्छ। 

२०७७ माघमै नयाँदिल्लीमा तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री एस जयशंकरबीच संयुक्त आयोगको बैठक भएको थियो। त्यसमा पनि सीमा विवाद छलफलको विषयसूचीमै परेन। दुई मुलुकले जारी गरेको विज्ञप्तिमा कालापानीलगायत सीमाको विषयमा कुरा भएको उल्लेख नै भएन।  

नेपाल-भारत संयुक्त आयोग (परराष्ट्र मन्त्रीस्तरीय कार्यदल)
नेपाल र भारतबीचका समग्र द्विपक्षीय विषयलाई उठाउने सबैभन्दा ठूलो औपचारिक संयन्त्र हो, नेपाल–भारत संयुक्त आयोग। सन् १९८७ मा बनेको यही संयन्त्रमा द्विपक्षीय सीमा विवादका विषय पनि उठाइन्थ्यो। तर कालापानी, सुस्ताजस्ता क्षेत्रको विवाद भने पछिल्लो समय आयोगको अजेन्डा बन्नै छाडेको छ। अन्तिम पटक दुवै देशका परराष्ट्र मन्त्री नेतृत्वको आयोगको पाँचौँ बैठक १ अगष्ट २०१८ मा काठमाडौंमा भएको थियो।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघ २०७७ मा भारत भ्रमणमा गएका थिए। त्यतिबेला लिपुलेकको नक्सा जारी गरेपछि पहिलो उच्चस्तरीय संयन्त्रको बैठक बसेको थियो। उनले समकक्षी एस जयशंकरसँग छलफल गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएनन्। ज्ञवाली तत्कालीन रक्षा मन्त्री राजनाथ सिंहलाई भेट गरेर फर्किएका थिए। 

परराष्ट्र सचिवस्तरीय संयन्त्र
नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकले कालापानी र सुस्ता क्षेत्रको विवाद टुंग्याउने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई दिएको थियो। तर सन् २०१४ यता कालापानी र सुस्ता क्षेत्रको सीमा विवादबारे कुरा गर्न परराष्ट्र सचिवस्तरीय बैठक एक पटक पनि बसेको छैन।  

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी क्षेत्र पनि राखेपछि नेपालले परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने प्रस्ताव भारतसँग राखेको छ। उक्त विवादपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोख्लेसँग भेट गरेका थिए।  

नेपाल-भारत सीमा विवादका पछिल्ला घटना
१६ कात्तिक २०७६ : भारतले जम्मु–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा–कालापानी समावेश।

२० कात्तिक २०७६ : कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति।

२१ कात्तिक २०७६ : भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ। 

३ मंसिर २०७६ : भारतको नयाँ नक्साबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाउँदै सुगौली सन्धि अनुसार काली (महाकाली नदी) पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको पुनःस्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ। 

२६ वैशाख २०७७ : भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दावी गरेको धार्चुला–लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत उद्घाटन।

२७ वैशाख २०७७ : सडक निर्माण गर्ने एकतर्फी गतिविधि दुई देशबीच प्रधानमन्त्रीस्तरमै भएका समझदारी विपरीत रहेको नेपालको भनाइ। 

२७ वैशाख २०७७ : भारतको विदेश मन्त्रालयद्वारा उक्त सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमाभित्रै रहेको प्रतिक्रिया। 

७ जेठ २०७७ : नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी। 

३१ जेठ २०७७ : नेपालले जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित।

१५ साउन २०७८ : नेपाली युवा जयसिंह धामी महाकाली तर्ने क्रममा भारतीय पक्षले तुइन काट्दा नदीमा खसेर बेपत्ता, भारतद्वारा नेपाली भूभागमा अनुमतिविना हेलिकप्टरको उडान। 

२१ भदौ २०७८ : जयसिंह धामी र नेपाली भूमिमा भारतीय हेलिकोप्टर उडेको विषयमा नेपालद्वारा कूटनीतिक नोट प्रदान।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्