काठमाडौं- ललितपुरमा घरको तीन तलामाथिबाट खस्दा एक जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-२७ सुनाकोठ्ठीमा ३५ वर्षीय विशाल मोक्तानको मृत्यु भएको हो।
सुनाकोठ्ठीस्थित बाबुराज महर्जनको इँटा र माटोले बनेको तीन तले कच्ची घर भत्काउने क्रममा बागमती गाउँपालिका-६ आश्राङका मोक्तानको आइतबार दिउँसो ३:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घर भत्काउने क्रममा खसेर इँटा र माटोले पुरिएर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।