• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अनन्त मास्टर

डा नारायण कडेल  शनिबार, माघ २८, २०७९  ०७:१७
1140x725

उहाँ मेरो आदरणीय गुरु। मैले अक्षरारम्भ गरेको विद्यालयको हेड मास्टर। अर्थात् अनन्त कँडेल। किन हो कुन्नि आज मैले मेरा स्वर्गीय पिताजी र स्वर्गीय गुरु अनन्तलाई ज्यादै सम्झिएँ। यस्तै ४० सालतिर हुनु पर्छ म कक्षा १ मा भर्ना भएको। ठ्याक्कै दिन बार भने बिर्सिएँ। तर, मलाई मेरा बाले अनन्त गुरुसँग भेट गराउनु भएको थियो त्यो दिन। जुन दिनलाई मेरो जीवनकै विशेष क्षणको रुपमा आज ज्यादै सम्झिरहेको छु। 

त्यो दिन करलीम प्राथमिक विद्यालयबाट मेरो शैक्षिक यात्रा सुरु भएको थियो। आज कोषै टाढा बेलायतको एउटा प्रतिष्ठित विश्व विद्यालय क्वीन्स युनीभर्सिटी बेलफाष्टको कानुन विभागमा पिएचडी तहको अध्ययनको अन्तिम दिनमा आइपुग्दा त्यो दिन ती क्षणहरु, मेरा पिताजी र अनन्त गुरुका अनेकानेक कुराहरु याद आइरहे। 

मेरो औपचारिक शिक्षा कहिल्यै निरन्तर भएन। नेपालमा छँदा पत्रकारिता, मानवअधिकार अभियान, वकालत लगायतका कामहरुका साथमा अध्ययनमा पनि संलग्न भएँ। यता आयरल्याण्ड र बेलायतमा आएपछि झन् परदेशीको रुपमा व्यापार व्यवसाय, पारिवारिक तथा सामाजिक जिम्मेवारीका साथमा अध्ययन पनि गर्दै जाँदा लामो समय औपचारिक शिक्षार्थी हुनु पर्‍यो। विक्रम सम्बतको २०४० सालदेखि २०७९ सालसम्म औपचारिक विद्यार्थी भएँ। 

लगभग ४ दशक पहिलाको गैरीखेतदेखि माथि स्कुल र स्कुलदेखि गैरीखेतसम्मको मेरो यात्रा, मेरा बा, अनन्त गुरु, धुलाम्य स्कुल र चकचके केटोको दिन चर्या। त्यो दिन स्कुलबाट फर्कँदा बाका पछिपछि आएको थिएँ। माजरेको कटेरो छाउन धुरीमा चढेका मलाउरी जेठाबा ठुलाघरे माइलाबाहरुले बालाई सोधे- यो केटालाई कहाँ लएर ल्याएयौ है साउ बुढा? 

‘यत्रो लाठे भयो फिट्टिक्कै सिन्को भाँच्दैन। नानाभाती गरेर हैरान पारो। मैले तह लाउन सकिनँ। आज स्कुल लएर अनन्ते मास्टरको जिम्मा लगाइदिएँ। अब बल्ल अनन्ते मास्टरले तह लाउँछ,’ मलाई स्कुल भर्ना गरेपछि बाले भन्नु भएको थियो। हो, त्यही दिन मैले अनन्त गुरुको पहिलो पटक नाम सुनेको र देखेको हो। त्यो पनि मलाई तह लगाउन सक्ने अनन्ते मास्टरको रुपमा। मेरो पिताजी र उहाँका अनन्ते मास्टर मेरा गुरु दुवै अहिलो यो लोकमा हुनुहुन्न, आज म जे छु यीनै महान व्यक्तिहरुका त्यही मलाई तह लगाउने योजनाका कारणले छु।  

त्यो दिन बिहान स्कुल जाने बेलामा यसैपाला सिलाएको नयाँ खद्दरको जांगे, अनि नयाँ नयाँ खालको कमिज लाएर रमाउँदै हिँडेको थिएँ। आमाले मुख मसारी दिनु भयो। बाटामा जति बुढाबुढीहरु भेटिन्थे बाले चिनाउँदै ढोग गर्न लगाउनु हुन्थ्यो। उहाँ हजुरआमा हुनुहुन्छ चिनिनस् ढोग गर। म अलि ठूलै भएपछि स्कुल गएको हुँ। सबैले ओहो यो त यत्रो भएछ भन्दै माया गर्थे। रमाउँदै गएर रमाउँदै फर्किएको थिएँ। जसै अब अनन्ते मास्टरले मलाई तह लगाउने हुन् भन्ने सुनेँ तब मेरा सारा खुशी उत्तिखेरै झरामझुरुम भयो। अब अनन्त सर एक खतरनाक मानिसको रुपमा मनमा आउन थाले। 

हामी भर्ना हुन स्कुल पुग्दा अनन्त सर चौरमा एउटा कुर्चि र सानो टेबल राखेर के के लेख्दै हुनुहुन्थ्यो। हाम्रा दशरथ जेठाबा उतापट्टी बसेर अनन्त सरको काम हेरिरहनु भएको थियो। बाले ल यस्लाई भर्ना गर्न परो भन्नु भयो। अनन्त सरले हुँदैन भन्नु भो। भर्ना गर्ने मंसिरमा हो, चैत वैशाखमा कसरी भर्ना हुन्छ ? अरु सबैले धेरै पढिसके। त्यसमाथि खै अरु भर्ना भएका छोराछोरीलाई स्कुल पठाएको ? अनन्त सरले बालाई अलि कडा तरिकाले भन्नु भयो। अरु मंसिरमा भर्ना भएनि केही हुन्न। मेरो छोरो टाठो छ आजबाट सुरु गरे नि टिप्छ। पास हुन्छ। बा का कुरामा उताबाट जेठाबाले थप्नु भो खुरुक्क पैसा ल्याएर भर्ना गर्दे न तेरो के जान्छ? 

जेठाबा उ बेलामा वडाध्यक्ष। मान्छे देख्दा सानो तर रवाफ ठूलै थियो। त्यति सुनेपछि अनन्त सरले रजिष्टर मगाएर मेरो नाम दर्ता गर्नु भयो। भर्ना दस्तुर ७ रुपयाँ तिर्ने कुरा भयो। अनन्त सरले अर्को आइतबार किताब दिन्छु भन्नु भो। बस् मेरो खुशीको सीमा नै थिएन। तर, तह लगाउने भन्ने सुनेपछि भने अनन्त सरको नाम सुने सातो जान थाल्यो।

nimb
nimb
Ncell 2
Ncell 2

मेरो विचारमा अनन्त सर निउरे गुरुपछि हाम्रो गाउँमा शैक्षिक योगदान गर्ने प्रमुख व्यक्ति हुनुहुन्छ। मैले सुने अनुसार निउरे गुरुले गाउँको बीचमा भएको कुटीमा गुरुकुल जस्तै गरि गाउँका मानिसहरुलाई अक्षर चिनाउने, चण्डी रुद्री, कौमुदी लगायतका शास्त्रहरुको अध्ययन गराउने, तमसुक, बही खाता लगायत अड्डा अर्जिसम्मका कागजात लेख्न सिकाउने गर्नु हुथ्यो रे। 
 
हाम्रो गाउँमा उबेलामा अनन्त सरको छुट्टै सान थियो। धेरैजसो बाटाका चप्पल लगाएका कालो कालो पाइन्टमाथि कमिज र खैरो तामेतामे रङको स्वीटर लगाएका अनन्त सरको कालो चिल्लो कपाल सिउँदो निकालेर कोरिएको हुन्थ्यो। धुर्सै फुर्सै भएको मैले पहिलो दिन उहाँलाई हेरेँ र मनमनै भनेँ- हो यस्तै ठूलो मान्छे बन्न पाए बा को गाली खान पर्ने थिएन।
 
जीवन यात्राको महत्त्वपूर्ण दिन
तर, अनन्त सरजस्तै सुकिलो मान्छे बन्ने मेरो जीवन यात्राको आज अर्को महत्त्वपूर्ण दिन। कानुनमा पिएचडि (विद्यावारिधि) सम्मको अध्ययन आजै पूरा भयो। अध्ययन सफल भएको र डक्टरेट डिग्री दिइएको सूचना प्रोफेसर जोन मोरिसनबाट पाएको भोलिपल्ट म मेरो डक्टरेट अफिसमा गएँ। आफ्ना फाल्न पर्ने सामान फालेँ। कम्प्युटरमा भएको व्यक्तिगत रेकर्डहरु डिलिट गरेँ। अग्लो भवनको ठूलो सिसाको झयालबाट बाहिर पर परसम्म हेरेँ। अचानक मेरो आँखामा करलिमको छानो नछाएको उही पुरानो स्कुल, उनै अनन्त सर र मेरा स्वर्गीय पिताजी घुम्न थाले। 

लामो समयसम्म मेरा लागि अनन्त सर एक डरलाग्दा मानिस हुनुहुन्थ्यो। उहाँ स्कुल नआएको दिन मलाई बल्ल स्वतन्त्रता आए जस्तो लाग्थ्यो। उहाँको कस्तो डर लाग्ने भने कक्षा कोठाबाट पिसाब फेर्न अनुमति लिएर निस्कँदा बाहिर चौरमा अनन्त सरले  कहाँ हिंडिस् ? भनेर भन्नेबित्तिकै पिसाब सिसाब कता हराउँथ्यो कता। 

गैरीखेतबाट बच्चालाई हिँडेर माथि स्कुल पुग्न उबेला १ घण्टा लाग्दो हो। म घरबाट स्कुल जान हिँड्थे। माथि ज्यामरुकेको पाखा वरीपरि पुग्दाखेरी आकासमा जहाज कराउँथ्यो। हामी स्कुल जाने केटाकेटी त्यसलाई दश बजेको जहाज भन्थ्यौं। जहाज करायो भनेपछि अब दश बजिसक्यो अब स्कुल पुगिन्न भन्थ्यौं। बस् हामी त्यहीँ खेलेर घर फर्किन्थ्यौं। यसरी म वर्षभरिमा कम स्कुल जाने विद्यार्थीमा पर्थेँ। कक्षामा फेल कहिल्यै नभएको म हाजिर कम हुँदा प्राय: विचाराधीनमा पर्थें। अनन्त सरले रिजल्टको बीचमा उठाएर सँधै भन्नुहुन्थ्यो।

नारायण पढ्न स्कुलभरीमा सबैभन्दा अब्बल छ तर, स्कुलै आउँदैन। त्यसैले विचाराधीनमा राखेका छौं। कक्षा २ बाट ३ मा जाँदा म र जहाजको आवाज सुनेर फर्किने केही केटाकेटी विचाराधीनमा थियौं। सरले बालाई ल्याएर आइज भनेकोले मैले फेरि बासँग स्कुल जान पर्ने भयो। बा र म स्कुल गयौँ। अनन्ते मास्टर कहाँ छ? स्कुलबाट फर्केका सबैलाई बाले सोध्नुहुन्थ्यो। स्कुलपारी तुलसेका दोकानमा, भनेपछि बा र म सरासर उही गयौँ। अनन्त सर आफ्नी बैनी तुलसीका लागि ठूलाघरे सीआरका कक्षा ९ का किताब किनिदिँदै हुनुहुन्थ्यो। गुन्द्रीमा अनन्त सर, बनारसी बा, सीआर दाई र पदम सर बसेका थिए। मेरो पिताजी पनि गएर गुन्द्रीमै बस्नु भयो। अनन्त गुरुले मलाई पनि आइजा यहाँ बस् भन्नु भयो। तर, म डरले नजिकै परिनँ। 

'यो तपाईंको छोरो स्कुल आउँदैन। परीक्षामा धेरै राम्रो नम्बर ल्याएको छ। अब सँधै स्कुल पठाउन परो।' अनन्त सरले यसो भनेपछि बाले हुन्छ भन्नु भो। हाजिर मात्र भएको भए पुरस्कार पाउने, पहिलो हुने के के हो के के कथा सुनाउनु भो अनन्त सरले। म भोलिबाट कक्षा तीनको हुने भएँ। बाले फर्कँदा भन्नु भो- देखिस् पढ्यो भने ठूला ठूला मान्छे सँगै बस्न पाइन्छ। बनारसीको छोरा कसरी अनन्ते मास्टरसँगै गुन्द्रीमा बसेर गफ गरेको थियो। उ पढेर दशमा गै सकेको छ। 

म कक्षामा अब्बल नै थिएँ। ४ मा भने साथी रामकान्त भन्दा एक नम्बर कम भयो र दोश्रो भएँ। हाजिरको सवाल त छँदै थियो। ५ कक्षामा म वर्षभरीमा २६ दिन मात्र हाजिर तर रामकान्तलाई १ नम्बरले जितेर प्रथम भएँ। अनन्त सरले यो स्कुल नआउने तर पढ्न राम्रो छ भनेर फेरि कथा नै भन्नु हुन्थ्यो। मलाई भने बाले भनेझैँ अनन्त सरसँग सँगै बसेर नडराइकन गफ गर्ने टार्गेट थियो। 

अब करलीमको स्कुल छोडेर पखराको स्कुल गएपछि अनन्त सरसँग किन डराउन परो। मनमनै यस्तै सोच्थेँ। तर, अनन्त सरले अमर माविमा समेत गएर पढ्न अब्बल छ। तर, स्कुलै आउँदैन भनेर भनिसक्नु भएछ। म भर्ना हुनभन्दा पहिल्यै सबै सरलाई यो कुरा थाहा भएछ। बाटामा अचानक भेटे पनि अनन्त सरले स्कुल नियमित जान्छस् नि भनेर सोध्नु हुन्थ्यो ? मलाई झन् डर लाग्ने। पखराको स्कुल पुग्न मलाई लगभग डेढ घण्टा भन्दा धेरै लाग्ने। कक्षा दश (एसएलसी दिने वर्ष) मा समेत मेरो उपस्थिति विद्यालय खुलेको दिनको १५ प्रतिशत भन्दा कम थियो। 

आज अनन्त सर भइदिएको भए, मैले यी सबै कथा सुनाउने थिएँ। एउटै गुन्द्रीमा बसेर कति गफिने थिएँ। बुढाले मलाई अमर माविमा पढाएका हरि सर, भानु सर, लेखानी पढाएका विष्णु सरलेझैँ आफ्नै सन्तानलाई जस्तै माया गरेर के के गरेको छस् भनेर सोध्थे होलान्। 

मलाई अनन्त सरसँगको पछिल्लो भेट भने थाहा छ। उहाँको बैनीको छोरी मेरो दाजुको छोरोले बिहे गरेपछि हामी नातेदार भएका थियौं। अर्थात् सम्धी सम्धी। एक दिन उहाँले भन्नु भो- हामी सम्धी सम्धी भयौं। तर, तँ मेरो विद्यार्थी होस्। राम्रो विद्यार्थी तँ मेरो नारायण होस्। यस्ता कुराले मलाई अथाह खुशी दिन्थ्यो। एक दिनको कुरो हो उहाँ सेवानिवृत्त हुनु भएको थियो। देउरालीको बजारमा उहाँले टाढैबाट मलाई देख्नुभएछ। कराएरै भन्नु भो ए सम्धी, ए नारायण सम्धी, कहाँ हिडेको छस्। यता आइजा यहाँ झुम्किकहाँ चिया खाम। 

म लुरुक्क फर्किएँ। झुम्कि हाम्रो देउराली बजारकी गोल्कोटे दिदीको उहाँका दावलीले माया गरेर बोलाउने नाम थियो। हामी दिदीको पसलमा छिर्‍यौं। कमलापति काका त्यहीँ चिया पिउन बस्नु भएको रहेछ। काकाले दूधको चिया पिउँदै हुनुहुन्थ्यो। 

हामी माथि बस्छौं- अनन्त सरले दिदीलाई भन्नु भयो। माथि सरलाई र मलाई दिदीले स्टीलको गिलासमा चिया ल्याइदिनु भयो। मेरो चियाको पसन्द सोध्दै नसोधी अनन्त गुरुकै स्वादको चिया आएको थियो त्यो। तैपनि मैले अनन्त सरको सामिप्यताका लागि सँगै चिया पिउने अवसर कसरी छोड्थेँ! हामी चिया पिउन थाल्यौं। चियाको गिलास जति घट्थ्यो मेरो आँट झन बढ्थ्यो। मैले अनन्त गुरुसँग पहिलो पटक नडराई समय बिताए। तर, दुर्भाग्य म युरोप आएको केही वर्षपछि उहाँको देहावसान भयो। मेरा औपचारिक शिक्षाका पहिला गुरु, मेरा पिताजीका अनन्त मास्टरलाई हार्दिक श्रद्धान्जली!


लेखक गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष हुन्।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्