गुल्मी- गुल्मीमा ट्रयाक्टरले किच्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्रयाक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्रयाक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्रयाक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सुवास लु ३ त ७४७१ नम्बरको ट्रयाक्टरका सहचालक हुन्।
सुवासलाई किच्ने ट्रयाक्टरका चालक सागर र ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ। मृतक सुवासको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।