काठमाडौं- सुर्खेतमा बिहीबार पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका-८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डोल्पाको ठूलीभेरी नगरपालिका-५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बीबी रोकाय डुबेर बेपत्ता भएका थिए।
बेपत्तामध्ये शुक्रबार बीबी रोकायको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले रोकायको शव फेला पारेको हो।
हराइरहेका मकरको खोजी भइरहेको सशस्त्रका डीएसपी थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।