काठमाडौं– विशेष अदालतले पूर्वन्यायाधीश ओमकार उपाध्यायलाई नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुशीप्रसाद थारूको इजलासले उनलाई नक्कली प्रमाण पत्र पेस गरेर न्यायाधीशको जागीर खाएको अभियोगमा दोषी ठहर गरेको हो। उनी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भए।
तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरुद्ध न्याय परिषद्मा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै तीन हजार जरिवाना गर्ने फैसला सुनाएको हो।
उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला गर्दै बिहीबार दोषी ठहर गरेको हो। न्यायपरिषद्ले उनलाई यसअघि वर्खास्त गर्दै नक्कली प्रमाणपत्रमा मुद्दा अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।