काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको वरीयताक्रम टुंग्याएको छ। उक्त वरीयताक्रममा उपमहासचिव जनार्दन शर्माभन्दा वर्षमान पुन र हरिबोल गजुरेल अगाडि रहेका छन्।
माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो। पहिलो नम्बरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्।
उक्त वरीयताअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो नम्बरमा छन् भने उनीपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन्।
उनीहरुपछि महासचिव देवप्रसाद गुरुङ र त्यसपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृकाप्रसाद यादव छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।