काठमाडौं– उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरे।
माघ २३ गतेको मन्त्रिपरिषद्को निर्णयले सहायक रथी भट्टराई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
दर्ज्यानी चिह्न प्रदान गरिएसँगै भट्टराईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।
त्यसैगरी, सहायक रथी दर्जामा बढुवामा भएका अर्का एक सैनिक अधिकृत र महासेनानी दर्जामा बढुवा भएका चार जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।