काठमाडौं– नायिका तथा एमाले नेतृ करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छिन्।
ब्यूरोको कार्यालय भोटाहिटीमा गएर मानन्धरले मंगलबार खनालविरुद्ध उजुरी दिएकी हुन्। सामाजिक सञ्जाल तथा युट्युबमा विवादित अन्तर्वार्ता दिँदै चर्चामा आएका खनालले मानन्धरविरुद्ध पनि विवादित अभिव्यक्ति दिएका थिए।
उनको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै नायिका मानन्धरले उजुरी दिएकी छन्। उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको ब्यूरोले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।