काठमाडौं– भूकम्पले कारागार भत्काएपछि फरार भएकी एक महिला कैदी ७ वर्षपछि पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गाउँपालिका–५ कि कविता घिमिरे हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेके हो।
घिमिरेलाई जडिबुटीबाट पक्राउ गरी फैसला कार्यान्वयका लागि सिन्धुपाल्चोक पठाइएको ब्युरोका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए।
मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गते १३ वर्ष ७ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि जेल पुगेकी उनी भूकम्पले कारागार भत्काएपछि फरार भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।