काठमाडौं– कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
नेकपा माओवादी केन्द्रले फागुन १ गतेका दिन जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ। यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई प्रदेश सरकारको प्रवक्ता पनि तोकेको छ।
आगामी फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय पनि गरिएको प्रदेश सरकारले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।