काठमाडौं– सोमबार निर्विरोध निर्वाचित भएकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले संसद्मा महिला सांसदका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया गर्ने भएकी छन्।
मंगलबार उनले आफ्नो पद बहाली गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी अर्याल राष्ट्रिय सभा सदस्यमा माओवादीबाट निर्वाचित भएकी थिइन्।
उनको उम्मेदवारी परेपछि नेपाली कांग्रेसले पनि उनलाई नै समर्थन गर्दै विरुद्धमा उम्मेदवारी दिएको थिएन। एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध चयन भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।