काठमाडौं– राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले शपथ लिएकी छन्।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा अर्याललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
अर्याल सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध चयन भएकी थिइन्।
शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेले लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।