फाइल तस्बिर।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ सूर्यकिरण शर्माले जानकारी दिए।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् गठनका विषयमा छलफल भएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएसँगै उनीहरुको ठाउँमा मन्त्रीहरु रिक्त रहेका छन्।
प्रधानमन्त्रीले प्रचण्डले हाल एक्लैले पाँच वटा मन्त्रालयको जिम्मेवारी समालिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।