एजेन्सी– अष्ट्रेलियन क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि घरेलु लिग भने खेल्ने उनले बताएका छन्।
यसअघि उनले एक दिवसिय क्रिकेटबाटसमेत सन्यास लिएका थिए। ३६ वर्षका फिन्च अष्ट्रेलियन टी–२० टिमका कप्तानसमेत रहेका थिए।
उनले अष्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा बढी कप्तानीसमेत गरेका छन्। दुई पटकको विश्वकप उपाधि विजेता फिन्चले सबै खाले प्रतियोगितामा गरी ८ हजारभन्दा बढी रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।